असारे झरीको प्रवाह नगरी श्रमदानबाट बनाएरै छाडे बाम्ती-कुँबुँकास्थलीको मध्यमार्गी सडक

| असार २९, २०८० शुक्रबार

A A A
A A A

२९ असार, रामेछाप । असारे झरी दिन भरी नै निरन्तर परी पर्‍यो । यसै पनि यहाँ झरी पर्नलाई असार नै कुर्नु पर्दैन । तर, गाडी फसेर हत्तु हैरान दुःख खेपेका बाम्तीभण्डार र कुँबुँकास्थलीका स्थानीयहरूलाई त्यो पानीको प्रवाह भएन । बरु कसरी हुन्छ, गाडी फस्ने ती खाल्डाहरूलाई कति बेला सोलिङ् लगाएर पूर्ने भन्ने मात्रै जोड् बल थियो । यसैमा सबै एक जुट् थिए ।

 

स्थानीय सरकारसँग तत्कालीन अवस्थामा बजेट नभएको र राजधानी,जिल्ला सदरमुकाम लगायतका ठाउँबाट पुगेका सवारी पनि हिलोमा फसेर हैरान भएपछि जनश्रमदानबाटै भए पनि  सोलिङ गरेर समस्या समाधान गर्ने निधोमा पुगेपछि बिहीबार उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार र ३ नं कुँबुँकाँस्थलीका स्थानीयहरू जनश्रमदानको लागि एक भएर लागेका हुन् । 

समस्या समाधान गर्न वडा कार्यालयले दुवै  वडाका स्थानीय, टोल विकास समितिलगायतसंग छलफल गरेर आह्वान गरेको  श्रमदानमा स्थानीयहरू बिहानैदेखि बाक्लो उपस्थिति जनाए । २ नं वडाले सोलिङ गर्ने ढुङ्गा व्यवस्थापन गर्‍यो । स्थानीयहरू कोदालो, गैती, बेल्चा, भाँडी प्लास्टीकको ओत् र छाता ओडेर काममा निःशुल्क जुटे । 

 

२ र ३ का स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, टोल विकास समिति, स्थानीय सबै मिलेर कुँबुँकास्थली र बाम्तीबीचको मध्यमार्गी सडकमा सवारी सहजै गुड्न सक्ने बनाए । 

स्थानीयहरूको मन मिल्यो भने जस्तो सुकै काम पनि गर्न सकिने आफूहरूले अनुभव गरेको त्यहाँ स्थित रामेछाप टाइम्सकर्मी जीवन घतानेले अनुभव सुनाउँदै आगामी दिनमा पनि जनश्रमदान बाट वडामा आइ पर्ने समस्या समाधान गर्नु पर्ने घतानेले रामेछाप टाइम्सलाई बताए ।

तस्बिर जीवन घताने/रामेछाप टाइम्स