मन्थली तामाकोशी अस्पताल नजिकैको पसल चोरी, सिसिटिभीमा देखियो चोर्ने ३ जना (भिडिओसहित)

| असार २९, २०८० शुक्रबार

A A A
A A A

२९ असार, रामेछाप । मन्थलीमा पसल चोरी भएको छ । गए राति (बिहीबार राति) मन्थली स्थित तामाकोशी अस्पताल नजिकै रहेको थापा स्टोर्स चोरी भएको प्रोप्राइटर भुवन थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार पसलको सटर खोलेर नचिनेको समूहले नगद चोरी गरेका हुन् । तर, प्रो.थापाले प्राविधिक कारणले गर्दा पसलको चाबी नलगाएको हुँदा सटर खोलेर नगद पैसा राख्ने र्‍याक तोडेर ३० हजार बराबर नगद चोरी भएको हो । 

 

जिल्ला सदरमुकामबिच बजारकै पसल चोरी हुनु निकै चिन्ताको विषय रहेको भन्दै चोरीमा संलग्नहरूको चाँडो भन्दा चाँडो पत्ता लाग्नु पर्ने व्यवसायी थापाले बताए । उनले पसलबाट र्‍याकको चाबी फोडेर पैसा चोरी भए पनि अन्य सामाग्री भने चोरी नभएको बताए । 

 

 

जिल्ला प्रहरी कार्यालय रामेछापमा हेरिएको सिसिटिभी फुटेजमा गए राति साँढे ३ बजे ३ जनाको समूहमा आएका नचिनेका मानिसको समूहले पसल चोरी गरेको देखिएको छ । चोरी गरेकाहरू सिसिटिभी पसल चोरेर खाँदबारी तर्फ लागेको देखिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुलीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

३ जनाको हुलिए देखिएको छ, हामी अनुसन्धान गर्दै छौँ (डिएसपी) पराजुलीले भने ।

 

पसल चोरी भएपछि यस्तो भन्छन् प्रोपाइटर भिडिओ हेर्नुहोस्