०७९/०८० मा मन्थली नगरको कूल ९२ करोड ८२ लाख अर्थात् ७९.७९ प्रतिशत बजेट खर्च (पूर्णपाठ)

| असार ३०, २०८० शनिबार

A A A
A A A

३० असार, रामेछाप । मन्थली नगरपालिकाले एक आर्थिक वर्षमा ८४.१ प्रतिशत चालु खर्च गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्ला सदरमुकाम समेत रहेको यो नगरले कुल ६६ करोड १८ लाख ७३ हजार ८ सय ८३ अर्थात् ८४.१ प्रतिशत चालु खर्च गरेको शुक्रवार आयोजित सार्वजनिक सुनुवाइमा नगरका प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँले जानकारी दिए । 

 

उनका अनुसार २६ करोड ६२ लाख ६३ हजार ७ सय १० अर्थात्  ७०.७६ प्रतिशत पुँजीगत खर्च गरी कूल ९२ करोड ८२ लाख ३७ लाख ५ सय अर्थात् ७९.७९ प्रतिशत बजेट खर्च गरेको हो । नगरले सो चालु वर्षमा एक अरब बढीको बजेट ल्याएको थियो । 

 

बहुमत वडा अध्यक्षहरूले अघोषित बहिस्कार गरिएको सार्वजनिक सुनुवाइमा सार्वजनिक गरिएको आर्थिक वर्षको प्रगति प्रतिवेदनमा चालु आर्थिक वर्षमा आर्थिक विकास तर्फ ४ करोड ५९ लाख ४२ हजार ९ सय ९ सय ९९ अर्थात् ७६.३९, सामाजिक विकास तर्फ ५० करोड ८६ लाख ९९ हजार ४ सय ५६ अर्थात् ८८.४७ प्रतिशत, पूर्वाधार विकासतर्फ २१ करोड ५७ लाख ३४ हजार ६ सय ७७ अर्थात् ६९.७६ प्रतिशत क्षेत्रगत वित्तीय प्रगति हासिल गरेको छ । 

 

भने सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ४ करोड ३६ लाख २३ हजार ४ सय ५३ अर्थात् ५३.३३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासन तर्फ ११ करोड ३६ लाख ३७ हजार ६ अर्थात् ८३.३४ प्रतिशत खर्च गरेको छ । 

 

नगरले आफ्ना अधिकार क्षेत्रभित्रका राजश्वका शीर्षकहरूमा आन्तरिक आय सङ्कलन रु ३ करोड १३ लाख आम्दानी हुने पूर्वानुमान गरेकोमा गत असार २८ गतेसम्म रु २ करोड ८३ लाख ७८ हजार ९ सय १७ रुपैयाँ मात्रै आम्दानी भएको जनाएको छ । यो रकम कूल प्रक्षेपित आम्दानीको ८४.९३ प्रतिशत हो ।  

 

१४ वटा वडा रहेको यो नगरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई आ.व.२०७९÷०८० को चौथो त्रैमासिकमा बैङ्किङ प्रणाली मार्फत ६ हजार २९ जनालाई रु ५ करोड ८५ लाख ६ हजार ५ सय ३४ भत्ता उपलब्ध गराएको उल्लेख गरिएको छ । चालु आ.व.मा कुल २२ करोड ७० लाख ७२ हजार ७ सय ५७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापत लाभग्राहीको खातामा निकासा गरिएको छ । 


यस्तो छ प्रगति प्रतिवेदन पूर्ण पाठ हेर्नुहोस्