गोकुलगंगा अस्पताललाई १५ थान बेड, ब्लाङ्केट, सहितको स्वास्थ्य सामाग्री (फोटोफिचर)

| जेठ २७, २०७८ बिहिबार

फोटो गोकुलगंगा गाँउपालिकाको फेस्बुकबाट साभार
A A A
A A A

२७ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

 

 बेताली (रामेछाप) सम्पर्क समाज काठमाडौंले पालिका मार्फत गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको पालिका उपाध्यक्ष राधिका श्रेष्ठले जानकारी दिइन् । 
उनका अनुसार १५ थान वेड् सेट, ओड्ने कपडा ९ब्लाङ्केट् १५ वटा, अक्सिमिटर एक थान, फाइबर सिरक सिरानी सहित १० थान, निबुलाईजर स्टिमर १५ थान, ग्लुकोमिटर एक थान र ५ हजार नगद सहयोग प्राप्त भएको हो । 

 


कोरोना महामरीसंग लडिरहेको गोकुलगंगा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरु प्राप्त भएसंगै उपचारको लागि थप सहयोग पुगेको अस्पतालले जनाएको छ ।

 

यसअघि पनि पालिका मार्फत अस्पताललाई अक्सिजन सिलिण्डर सामाग्री गत जेठ २४ गते काठमाडौं बसुन्धारा चक्रपथ स्थित सामाग्रीको फयाक्ट्रीको गेटमा पालिका उपध्यक्ष  राधिकार श्रेष्ठ नेवार र वडा नं ३ का वडा अध्यक्ष नर बिक्रम कार्कीलाई हस्तान्तरण गरेको बताइएको छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार