मन्थलीमा चल्ने अटोको भाडादर कायम : अब यात्रुले बढीमा २ सयसम्म मात्रै भाडा तिरे पुग्ने (भाडादरसहित)

| असार ३१, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

३१ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला भित्र चल्ने यात्रु बाहक सवारीको भाडादर कायम गरेको छ । यहाँ जिल्ला सदरमुकाम मन्थली भएर चल्ने अटोले मन लाग्दी भाडा लिँदा स्थानीयहरू हैरान भएका छन् । उक्त समस्यालाई समाधान गर्ने गरी प्रशासनले निर्णय गरेको छ । 

 

आइतबार जिल्ला प्रशासनमा बसेको सरोकारवालाहरूको बैठकले जिल्ला सदरमुकाम मन्थलीबाट आसपासका क्षेत्रमा सञ्चालन हुँदै आएको तीन पाङग्रेस सवारी सानो सवारी (अटो) को भाडादर पनि निर्धारण गरेको छ । 

 

अटोले छोटो दूरीमा पनि मनलाग्दी भाडा असुलेर स्थानीयहरूलाई हत्तु हैरान पारेको गुनासो परेपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले यातायात व्यवसायी, राजनीतिक दल, पत्रकार लगायतका सरोकारवालासँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो । 

 

अब सानो सवारी (अटो) मा यात्रा गर्दा यात्रुले सबै भन्दा बढी रु २०० सम्म मात्रै तिर्नु पर्ने छ । मन्थली देवकोटा चोकदेखि सेलेघाट सम्मको २०० रुपैयाँ भाडा कायम भएको हो । अटोमा यात्रा गर्ने यात्रुले अब कम्तीमा २० रुपैयाँ र बढीमा २०० रुपैयाँसम्म मात्रै भाडा लाग्ने छ । 

 

यो हेर्नुहोस् अटोको भाडादर ।

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार