हार्दिक श्रद्धाञ्जली पेशल ‘गुरु’
जन्म पछि मृत्यु निश्चित छ । तर जीवनको बिच बाटोमै अस्ताउनु र कुमालेको चक्रजस्तै दिन अनि उमेर पुगेर भौतिक शरीर को विलय हुनु फरक कुरा हो । आदरणीय गुरु पेशल आचार्य रामेछापको शैक्षिक क्षेत्रमा एउटा गर्विलो खम्बा । अझ भनौँ मन्थली माध्यमिक विद्यालय को धुर्वतारा ।
उहाँले आफ्नो जीवनकाल अध्यापनमा मात्र सीमित राख्नुभएन । उहाँका धेरै लेख रचना, कृतिहरू प्रकाशित छन् । धेरै बालकथाहरू साथै निबन्धका किताबहरू बजारमा प्रशस्तै पाइन्छन् ।
उहाँ आफू आफैमा एउटा राम्रो लेखक, असल शिक्षक , पत्रकार जस्ता धेरै संज्ञाले परिचित हुनुहुन्थ्यो । आफ्ना विद्यार्थीलाई जहिल्यै लेख रचनाहरू लेख्न मा प्रोत्साहन गरिरहनुहुन्थ्यो ।
जसले सबैलाई राम्रो गर्छ, जो सबैको भलाइका निम्ति अहोरात्र खट्छ उहीँ भगवान्को प्रिय हुदोरहेछ ।
उहाँले दिने ती प्रेरणादायी भनाइ सदैव हामीलाई अभाव भइरहने छन् । आदरणीय गुरुकै प्रेरणा बाट प्रभावित भएर रचिएका मेरा केही रचनाहरू विभिन्न मिडियाका माध्यमबाट प्रकाशित हुँदा सुरुमा हजुरकै सुझाव आउँथ्यो अब सदाका लागि त्यो बाटो बन्द भएको छ ।
कतिपय कुराहरू विश्वास नगर्दा पनि नहुने रहेछ । म मन्थली मा वि मै अध्यापन गर्दै गर्दा गुरुले एक दिन स्टाफ मिटिङमा भन्नुभएको थियो, ‘अब मिल्यो भने सरुवा भएर काठमाडौँ जान्छु, हिँड्ने बेला बुवा आमा धेरै रुनुभयो अब उहाहरु सँगै रहेर सेवा गर्ने रहर छ’ भन्दै भक्कानिनुभएको कुरा सम्झिए ।
जीवन के रहेछर कर्म गरिखाने व्यक्तिको लागि रहर पुगुन्जेल आफूलाई जन्म दिने आमाबुवा आफ्नो सन्तानहरूसँग बस्न नि नपाइने । बिच बाटोमै सांसारिक सुखभोग गर्नबाट टाढिनु पर्ने ।
जसले सबैलाई राम्रो गर्छ, जो सबैको भलाइका निम्ति अहोरात्र खट्छ उहीँ भगवान्को प्रिय हुदोरहेछ ।
एकै पटक ब्रेन ट्युमर र क्यान्सर जस्ता प्राणघातक रोग देखिएर अकाल मै यस लोकबाट हामी देखि हाम्रो गुरु सदाका लागि टाढिनु भयो हार्दिक श्रद्धाञ्जली गुरु पेशल आचार्य !
पेशल आचार्यको एक भिडिओ पनि हेर्नुहोस्