युवा नेता ढुङ्गेल वडा कमिटीको संयोजकमा चयन

| जेठ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका युवा नेता बासुदेव ढुङ्गेल वडा कमिटीको संगठन विभागको संयोजकमा मनोनित् भएका छन् । 

 


बिहिबार वडा इकाई सभापति ओम प्रकाश परीले मन्थली नगरपालिका वडा नं ८ को वडा संगठन विभागको  संयोजकमा चयन गरेका हुन् । 

 


कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश ख, कांग्रेस नगरकमिटी, र जिल्ला कार्यसमिति रामेछापलाई बोधार्थ राखि उनलाई संयोजकमा चयन गरेको वडा कार्यसमितिले जारी गरेको मनोनयन पत्रमा उल्लेख छ ।

मनोनय पत्र हेर्नहोस्