मन्थली नगरकी उपप्रमुख बस्नेत : न्यायिक समितिमा बसेर गरेका कामबाट ज्यादै सन्तुष्टि, बालेनको कामबाट प्रभावित (भिडिओ)

| साउन १६, २०८० मंगलबार

A A A
A A A

१६ साउन, रामेछाप । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले आफू जनप्रतिनिधि भएर आएपछि न्यायिक समितिमा गरेका कामबाट आफू निकै सन्तुष्ट रहेको बताएकी छन् । उनले बालेन शाहले गरेको कामको प्रशंसा गर्दै बालेनले सरकारी जग्गाको संरक्षण गर्नु अति नै महत्पूर्ण काम गरेको बताइन् । चालु आर्थिक वर्षको लागि नगरमा आफूले महिला र एकल महिलाको विकासको लागि ५० लाख बराबरको बजेट ल्याएको जानकारी दिँदै महिलाहरू आर्थिक रूपमा सबल भएर समाजमा हुने हिंसा कम हुने बताइन् । 

 

मंगलबार रामेछाप टाइम्ससंगको ३० वैशाख, २०७९ मा तपाई निर्वाचित भएर आएपछि हालसम्म गरेका कामबाट तपाई आफैलाई राम्रो काम गरेको छु र नगरवासीको हितमा छ भन्ने के काम प्रश्नमा गर्नु भयो भन्ने प्रश्नमा मन्थली नगरपालिकी उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख बस्नेतले नगरको तत्कालीन परिस्थितिसँग रहेर विभिन्न काम गरिएको बताउँदै भनिन् ‘जनप्रतिनिधिको रूपमा धेरै कामहरू गरियो यी सबैबाट भन्दा न्यायिक समितिबाट भएका काममा म अलि बढी सन्तुष्ट छु, अज १४ वटै वडामा मेलमिलाप कर्ता र मेलमिलाप केन्द्र तयार भएको छ । यसलाई जनप्रतिनिधिको रूपमा उपलब्धि मूलक मानेको छु’ उपप्रमुख बस्नेतले खुसी हुँदै भनिन् ‘न्यायिक सहजकर्ता र कार्यालय समेत व्यवस्थापन गरेकोमा खुसी छु ।’

 

उपप्रमुख एवं न्यायिक समिति संयोजक बस्नेतले १४ वटै वडामा न्यायिक समिति सहजकर्ता र कार्यालय समेत खडा गरी व्यवस्थित रूपमा घटनाको मेलमिलाप वडाबाटै गर्न सक्ने वातावरण तयार भएको बताएकी हुन् । 

 

‘यो पनि अब दशै अगाडि सक्ने हाम्रो लक्ष्य छ ।’

 

 

‘न्यायिक समितिमा मुद्दा दर्ता हुन्छन् तर, अब त्यसको सबै काम वडाबाटै हुन्छ । वडामा सहजकर्ताबाट भएन भने मात्रै हामीसम्म आउँछन् ।’

 

२०७९ वैशाख ३० मा निर्वाचित भएर आएपछि गत वर्षको ६ वटा मुद्दा सहित ४१ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै अब १६ वटा मुद्दा मात्रै फर्चोट् हुन बाँकी रहेको जानकारी गराइन् । ‘यो पनि अब दशै अगाडि सक्ने हाम्रो लक्ष्य छ ।’

 

सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा श्रीमान् श्रीमतीको झगडा, सम्बन्ध बिक्षेद्द (डिभोर्स), सांधसमिना, कुटपिट, खरिद बिक्रीमा समस्या, लेनदेन जस्ता मुद्दा आउने गरेका छन् ।

 

‘यी सबै मुद्दा मिलाउन १०१ पटक बैठक बसियो र समाधान गरियो । हामीले गरेको निर्णयमा अहिलेसम्म गुनासो आएको छैन र आउन नदिने गरी निर्णय गरेका छौँ’ संयोजक बस्नेतले खुसी हुँदै भनिन् डिभोर्सै नै गर्ने भएर आएका ३ जना श्रीमान् श्रीमतीलाई मिलाएर डिभोर्स समेत रोक्न सफल भएका छौँ, श्रीमाननै यहाँ आएर मिलेर लिएर गएको सम्म घटना छ ।’

 

१४ वटै वडाका महिलाहरूको सँग छलफल गरेर कार्यक्रम तय गर्ने

 

आफ्नो पारिवारिक ‘व्यागराउन’ लोयर्स नै भएकाले पनि न्यायिक समितिको काममा आफूलाई निकै सहज भएको उनको भनाई छ । न्यायिक समितिमा गरेका निर्णय प्रति सबैबाट राम्रो ‘रेस्पोन्च’ आएको बताउँदै राजनीतिक गन्द पर्न नदिएको उनको अनुभव छ । 

 

कार्यवाहक नगरप्रमुख बस्नेत नगरमा एकल महिलाहरू अरू भन्दा बढी पीडित रहेको बताउँदै उनीहरूको हक अधिकारको लागि आफूले चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेको बताइन् । ‘अलि बढी त एकल महिलाहरू पीडित छन् । त्यो पीडालाई बुझेर मैले यो आर्थिक वर्षमा एकल महिलाहरूको लागि २ लाख बजेट सिप सिकाउने, खुद्रा पसल थाप्न दिने गरी ल्याएको छु । त्यो सेवा दिन्छौ । रकम लिएर सक्नु भएन हामी सहयोग गर्छौँ ।’

 

‘गत वर्षमा बजेट बनाउँदा नयाँ थियौँ थाहा भएन तर यो वर्ष महिलाहरूको लागि उद्यामि बनाउने गरी उपप्रमुखसँग महिला कार्यक्रम मार्फत महिला सिप विकासको लागि २० लाख, महिला क्षमता विकासको लागि १० लाख बजेट ल्याएको छु’ उपप्रमुख बस्नेतले भनिन् ‘यो वर्षको बजेटमा महिलाको लागि ५० लाख बराबरको कार्यक्रम ल्याएको छु ।’

 

महिलाहरू आर्थिक रूपमा सबल भए परिवारमा हुने विभिन्न हिंसाको अन्त्य हुने जानकारी गराइन् । त्यसको लागि १४ वटै वडाका महिलाहरूको सँग छलफल गरेर कार्यक्रम तय गर्ने बताइन् । उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निकै राम्रो काम गरेको भन्दै बालेको प्रशंसा गरिन् । नगरको अधिकांश बजेट असारे विकासमा खर्च भएको कुराको बाउँ गर्दै प्रदेश र संघीय सरकारबाट ठुलो लगानीमा हुने योजना मात्रै ढिला सम्पन्न हुने गरेको तर्क गरिन् । 

 

भिडिओ हेर्नुहोस्