रामेछापमा एक जनामा घातक प्रकारको ‘एड्स’को संक्रमण भएको पुष्टि

| साउन १९, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१९ साउन, रामेछाप । असुरक्षित यौन सम्पर्कबाट लाग्ने घातक प्रकारको रोग एचआइभी एड्स (AIDS) रामेछापमा एक जनामा भएको  पाइएको छ ।  

 

एकुरेड् ईइमिन्यूडिफिसेन्सी सेन्ड्रोम/एआडिए (Acquired immunedeficiency syndrome/AIDS)  भाइरसबाट लाग्ने घातक प्रकारको यो रोग असुरक्षित एवं जथाभाबी यौन सम्पर्क गर्दा लाग्ने गर्दछ । स्वास्थ्य बिमा बोर्ड रामेछापमा मन्थली नगरपालिका वडा नं १४ फुलवासीकी दर्ता सहयोगी (बिमाकर्ता) सपना घिसिङले बोर्डको कार्यालयमा मन्थलीमा पठाएको विवरणमा एक जनालाई (एडस्) रहेको छ भनि भरेको विवरणमा पाइएको बिमा बोर्ड रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । 

 

‘एड्स भएको एउटा फाइल आएको थियो, हामीले हो या हैन भनेर पुष्टि गर्न दर्ता सहयोगी घिसिङलाई बुझ्दा उहाँले हो भन्नु भयो । योसंगै एक जनाको त्यो फाइल सही भएको पुष्टि भयो’ बिमा बोर्ड  रामेछापका दर्ता अधिकारी अनिल चन्द्र जोशीले रामेछाप टाइम्सलाई बताए । 

 

घातक प्रकारको यो रोग लागेका व्यक्तिको परिचय भने गोप्य राखिएको छ ।