स्वस्थ्य बिमा प्रति रामेछापमा आकर्षण बढ्दो झण्डै ५० हजारले गरे बिमा, एक आर्थिक वर्षमा मात्रै १०८३६

| साउन १९, २०८० शुक्रबार

A A A
A A A

१९ साउन, रामेछाप । रामेछापमा हाल झण्डै ५० हजारले स्वास्थ्य बिमा गरेका छन् । पछिल्लो समयमा स्वास्थ्य बिमा प्रति जिल्लावासीको आकर्षण बढ्दै गएको बिमा बोर्ड रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ। 

 

शुक्रवार रामेछाप टाइम्ससंग कुरा गर्दै रामेछाप बोर्डका दर्ता अधिकारी अनिल चन्द्र जोशीले अहिले स्वास्थ्य बिमा प्रति सबै स्थानीय तहमा चाप बढेको बताएका हुन् । २०७४ सालदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा शुक्रवार सम्म कूल ४७ हजार ८ सय ७६ जनाले बिमा गरेको दर्ता अधिकारी जोशीले जानकारी दिए । ६४ वटै वडामा दर्ता सहयोगीको माध्यमबाट बिमा गर्दै आएको बोर्डले गएको आर्थिक वर्ष २०७९/०८० मा १० हजार ८ सय ३६ जनाले बिमा गरेको अधिकारी जोशीले रामेछाप टाइम्सलाई बताए । 

 

यो अघिल्लो वर्षको भन्दा गणितीय तुलनामा कम हो । सोही एक वर्षको अवधि २०७८/०७९ मा कूल १२ हजार १ जनाले बिमा गराएका थिए । तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा १ हजार १ सय ६५ जनाले घटेका हुन् । 

 

यसरी पछिल्लो आर्थिक वर्षमा बिमा गर्ने संख्या घट्नुमा स्थानीय तहमार्फत पनि बिमा हुनु रहेको दर्ता अधिकारी जोशी बताउँछन् । ‘स्थानीय तहहरुले पनि बजेट छुटाएर बिमा गरेका छन् । अब त्यो यो मंसिर देखि कार्यान्वयन आउँछ, त्यति बेला बढ्छ । त्यो कम भएको देखिएको मात्रै हो, तर त्यस्तो हैन ।’

 

अहिले सबै स्थानीय तहबाट उल्लेख्य रुपमा बिमा गर्नेहरू बढेको बताउँदै ३–३ महिनामा गर्न मिल्छ स्थानीय तहको विवरणमा अहिले काम भइरहेकाले आउँदो भदौ ४÷५ गते सम्म कुन स्थानीय तहमा कति बिमा भयो भनेर थाहा हुन्छ अधिकारी जोशीले भने । 

अनिल चन्द्र जोशी, तस्बिर मिलन घिमिर/रामेछाप टाइम्स

उनका अनुसार हाल ३ हजार ९९७ जना पैसा नतिर्ने ५ हजार ८२ ज्येष्ठ नागरिक, एक हजार २ सय ३७ ‘क’ वर्गका करिब परिवार, २ सय ६० जना ५० प्रतिशत मात्रै तिर्ने महिला स्वयंसेवीकाले बिमा गरेका छन् । 

 

त्यस्तै जिल्लामा एक जना एचआइभी एड्सका सङ्क्रमितले पनि  नियमअनुसार पाउने घातक प्रकारको निःशुल्क बिमा गरेका छन् । भने, २९५ जनाले क’ वर्गको अपाङ्गताले पनि निःशुल्क बिमा गरेका छन् । 

 

५ जना सम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार ३५ सय र परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यको रु ७ सयका रकम थप तिरे १ लाख बराबरको स्वास्थ्य बिमा सरकारले निःशुल्क गर्दै आएको छ । 

 

स्वास्थ्य बिमा कसरी गर्ने, के-के सुविधा पाइन्छ हेर्नुहोस्