न्यायपालिका भन्दा पत्रकारहरू धेरै स्वतन्त्र र निष्पक्ष छन् –पत्रकार ढुङ्गेल

| साउन २०, २०८० शनिबार

A A A
A A A

२० साउन, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापका पूर्व सभापति हिमाल ढुङ्गेलले रामेछापको पत्रकारिता निष्पक्ष र स्वतन्त्र रहेको जिकिर गरेका छन् । यहाँको पत्रकारिता राजनीतिक आस्था र बिचार भन्दा माथि रहेको उनको भनाई छ । 

 

एकीकृत समाजवादी पार्टी (एस) रामेछाप निकट पत्रकार संगठनले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार ढुङ्गेलले भने ‘जसले जे सुकै भने पनि पत्रकारिता पेसा निष्पक्ष, स्वतन्त्र र पूर्वाग्रह भन्दा माथि उठेको छ । हामीले लेख्ने कलममा राजनीतिक बिचार, आस्था र गन्ध भन्दा माथि उठेर लेख्दै आएका छौँ’ पूर्व सभापति ढुङ्गेलले थपे ‘जिल्लाका कुनै पत्रकारले पूर्वाग्रह राखेर लेखेका छैनौँ । बरु, न्यायपालिका निष्पक्ष छ भनेर भनिन्छ । तर, त्यो भन्दा कयौँ गुणा पत्रकार निष्पक्ष छन् ।’ न्याधिशहरु आफूलाई कुनै पदमा पुगेबापत पार्टीका नेतालाई भेट्न गएर धन्यवाद दिने गरेको किस्सा स्मरण गर्दै त्यो भन्दा त हामी धेरै स्वतन्त्र र निष्पक्ष हौँ ढुङ्गेलले भने ।

 

पत्रकार टिका भट्ट, रमेश ढुङ्गेल,बद्री नयाँघरे, नवराज पथिक, नवराज श्रेष्ठ, रामचन्द्र बिक, मिलन घिमिरे (बि क) को नामै लिँदै वरिष्ठ पत्रकार ढुङ्गेलले अहिले पनि हामीले निष्पक्ष तरिकाले लेख्दै आएका छौँ जोड् दिँदै भने । ‘आस्था र बिचार नभएको मान्छे यो दुनियाँमा कोही हुँदै न र, त्यो रहेछ भने पनि त्यो मान्छे हैन । त्यसैले हामी पत्रकारले त्यती हुँदा हुँदै पनि निष्पक्ष भएर लेखेका छौँ ।’

 

उनले पत्रकारहरू पार्टी निकट भातृ संघसंगठनमा खुलेरै बसे पनि आफ्नो पेसाको धर्ममा श्रमजीवी पत्रकारले कहिले गलत नगर्ने विश्वास व्यक्त गरे । ‘र, त्यो गर्नू भनेको अपराध गर्नु हो, त्यो भन्दा ठुलो अपराध अरू हुने सक्दैन भने ।’ 

 

अग्रज पत्रकार ढुङ्गेलले पत्रकारिता पेसा मर्यादित रहेको भन्दै यसमा जोडिए हामी सबैले यसको साख जोगाउन सक्नु पर्नेमा जोड् दिए ।