बुधवार रास्वपाले लिखु तामाकोशीमा पहिलो भेला गर्दै, रमेश प्रसाईँले सम्बोधन गर्ने

| साउन २०, २०८० शनिबार

A A A
A A A

२० साउन, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले आउँदो बुधवार लिखु तामाकोशी गाउँपालिकामा पहिलो पालिका भेला तथा समिति विस्तार गर्ने भएको छ । 

 

त्यसको लागि तयारी तीव्र पारिएको रास्वपा बागमती प्रदेश सदस्य तथा जिल्ला संयोजक रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘पालिका भेला गर्ने तयारी तीव्र पारेका छौँ ।’

 

हाल सम्म उमाकुण्ड र गोकुलगंगा गाउँपालिका पालिका स्तरीय समिति विस्तार गरेको रास्वपाले आउँदो भदौभरिमा जिल्लाका सबै स्थानीय तहमा समिति विस्तार गर्ने लक्ष्यका साथ काम गरी रहेको प्रदेश सदस्य रायमाझीको भनाई छ । 

 

बुधवार हुन लागेको लिखु तामाकोशी गाउँपालिको समिति गठन सहितको भेला नजिकिएसँगै रास्वपाले प्रचारप्रसार समेत तीव्र पारेको छ । बुधवार हुने भेलामा पार्टीका केन्द्रीय सदस्य प्रखर वक्ताको रूपमा परिचित रमेश प्रसाईँले सम्बोधन गर्ने जिल्ला संयोजक रायमाझीले रामेछाप टाइम्सलाई बताए ।