मन्थली नगरपालिकाले नेवार समुदायलाई परम्परा जोगाउन ‘बाजा सेट’ प्रदान गर्‍यो

| साउन २२, २०८० सोमबार

A A A
A A A

२२ साउन, रामेछाप । मन्थली नगरपालिकाले नगरभित्रका ‘नेवार समुदायको जातीय र संस्कृति प्रवर्धन तथा संरक्षण’को लागि परम्परागत बाजा सेट हस्तान्तरण गरेको छ । सामाग्री आइतबार प्रदान गरिएको हो ।

 

आउँदो भदौ १४ गतेदेखि २० गतेसम्म लाग्ने ‘गाईजात्रा’ देखि सुरु भएर २० गते कृष्ण अष्टमीसम्म लाग्ने मेलाको लागि आवश्यक नेवारी संस्कृति झल्किने धिमे नाच,घिटाङ घिसी नाच, लाखे नाच सहित रोपाई, हास्य व्यङ्ग्य लगायतका आदी प्रस्तुतिको लागि बाजा सेट आइतबार नगरप्रमुख लव श्रेष्ठले ‘नेवा खल रामेछापलाई’ प्रदान गरेको नेवा खल रामेछापका अध्यक्ष शेखर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार उपप्रमुख ईश्वरी बस्नेत सहितको उपस्थितिमा नगर प्रमुख श्रेष्ठले यहाँको स्थानीय परम्परालाई बचाउन भन्दै निःशुल्क रूपमा धिमे १ थान, झ्याम्टा १ थान ढोलक १ थान, हार्मोनियम १ थान, पियानो १ थान, बाम तबला १ थान, मुरली २ वटा प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए । 

गाईजात्राको अवसरमा यो पटक भव्य तयारी समेत भइरहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठ स्थानीय धार्मिक तथा जातीय परम्परालाई जोगाउन सामाग्री दिएकोमा नगरलाई धन्यवाद दिए । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार