रामेछापका खेलाडी सम्मेलित नेपालले भारतमा दक्षिण एसियाली ‘आईटीएफ’ मा इतिहास रच्यो, जित्यो २२ स्वर्णसहित ६२ पदक

| साउन २२, २०८० सोमबार

A A A
A A A

२२ साउन, रामेछाप । रामेछापका खेलाडीले अन्तर्राष्ट्रिय खेलमा समेत आफ्नो उपस्थिति लोभ लाग्दो प्रदर्शन गरेका छन् । गत शुक्रवारबाट भारतको हैद्रबादमा सुरु भएको ७ औँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा रामेछापबाट सहभागी खेलाडीले कूल ६२ पदक जित्दै उत्कृष्टता प्रदर्शन गरेको आइटिएफ तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक तथा रामेछाप आइटिएफ तेक्वान्दो जिल्ला संघ अध्यक्ष धनराज मोक्तानले रामेछाप टाइम्सलाई बताए । 

 

आइतबार सम्पन्न खेलमा नेपालले २२ स्वर्ण पदक, १५ रजत र  र कास्य २५ गरी कुल ६२ पदक प्राप्त गर्दै नेपाली खेलाडीहरूले इतिहास रचेका हुन् । दक्षिण एसियामा नेपालले खेलकुद जगतमा नयाँ इतिहास रच्न सफल भएको प्रशिक्षक मोक्तानले बताए । 

 

यही १५ गते खेलको लागि भारत गएको टोलीले बङ्गलादेश, अफगानिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको राष्ट्रिय रेफ्री मोक्तानले जानकारी दिए । 

उनका अनुसार रामेछापको खाँडादेवी गाउँपालिकाका निर्मल लामा स्पाइरिङ तर्फ तौल समूह (५५-६०) स्वर्ण पदक, रोशन घिसिङ स्पाइरिङ तर्फ तौल समूह (५०-५५) रजत पदक जितेका हुन् । 

त्यस्तै सुनापती गाउँपालिकाका अनिल खड्का स्पाइरिङ्ग तर्फ तौल समूह (६०-६५) रजत पदक, बिनिता थापा मगर स्पारिङ तर्फ तौल समूह (४५-५०) स्वर्ण पदक र साहिल दोङ्ग स्पाईरिङ तर्फ रजत पदक जिताएका हुन् । 

सबै तस्बिर स्रोत धनराज मोक्तान