तामाकोशी किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान : दोलखाबाट हराएका थामी भएको पुष्टि

| साउन २२, २०८० सोमबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२२ साउन, रामेछाप । गत शनिवार मन्थली स्थित तामाकोशी नदी किनारामा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ । शवको मृतकका आफन्तले पहिचान गरेका हुन् । 

 

बेवारिसे रूपमा मन्थली नगरपालिका वडा नं १ हाटेचौर स्थित नजिकै तामाकोशी नदी किनारामा फेला परेको बेवारिसे शव छिमेकी जिल्ला दोलखाको कालिन्चोक गाउँपालिका वडा नं २ बाबुरे बस्ने ६२ वर्षीय भीमबहादुर थामीको रहेको खुलेको हो । 

 

अविवाहित ६२ वर्षीय थामीको यही साउन १५ गतेबाट हराएका थिए । बेपत्ता भएको ५ दिनपछि उनको शव रामेछापमा फेला परेको थियो । फेला परेको शवको मृतकका आफन्त विकास थामी लगायतले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उक्त शव मन्थली स्थित मन्थली अस्पतालमा राखिएको जिप्रकाले जनाएको छ ।