रामेछाप गुन्सीमा साँझ ५ देखि ९ बजेसम्म मात्र मादक पदार्थ बेच्न पाइने, खाएर हो-हाल्ला गरे कारबाही

| साउन २४, २०८० बुधबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२४ साउन, रामेछाप । सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा मदिराजन्य/मादक पदार्थ (जाँड, रक्सी) बिक्री वितरण गर्ने समय तोकिएको छ । गत सोमबार वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईले बेलुका ५ बजे देखि रातिको ९ बजेसम्म मात्र मादक पदार्थ बेच्न पाउने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

 

सोही वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा बुद्धिजीवी, स्थानीय व्यापारी सहित सर्वदलीय संयुक्त भेलाले बजार व्यवस्थापनको गर्न भन्दै सो निर्णय गरेको वडा अध्यक्ष चौलागाईले पत्र मार्फत जानकारी दिएका हुन् ।

 

सो गाउँपालिकामा गत २०७९ कात्तिक २ गतेदेखि सार्वजनिक स्थलमा धूम्रपान तथा मद्यपान निषेध गरेको थियो । अब, वडाले यी पदार्थलाई निश्चित समयमा खरिद बिक्री गर्न लागेको हो । साथै पालिकाले गरेको निर्णय पनि कार्यान्वयनमा चुनौती देखिएको स्थानीयहरूको भनाई छ ।  

 

त्यस्तै सोही सर्वपक्षीय भेलाले ‘मादक पदार्थ सेवन गरी अनावश्यक हो–हल्ला गरेको खण्डमा नियमानुसारको कारबाही प्रक्रिया अगाडी बढाउने’ समेत निर्णय गरेको छ । 

 

 

भने, वडा भित्रकार पसल क्षेत्रबाट निस्केको फोहोरजन्य पदार्थ आफैले व्यवस्थापन पर्ने र दर्ता नभई सञ्चालनमा रहेका पसल दर्ता गरी सञ्चालन गर्नु पर्ने निर्णय गरेको वडा अध्यक्ष चौलागाईले जानकारी दिएका हुन् । 

 

पत्र हेर्नुहोस्