आठौं सामुदायिक वन दिवसमा रामेछापमा वृक्षारोपण (फोटोफिचर)

| साउन २५, २०८० बिहिबार

A A A
A A A

२५ साउन, रामेछाप । आज आठौं सामुदायिक वन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी देश व्यापी रूपमा मनाइँदै छ । यसै अवसरमा रामेछापमा पनि वृक्षारोपण गरिएको छ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराकारसाथ राष्ट्रव्यापी रूपमा दिवस मनाइँदै छ । 

 

डिभिजन वन कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका वडा नं २ टेकानपुर स्थित ‘ढाँड्को कान्लो’ सामुदायिक वनमा सो उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर खड्काको उपस्थितिमा १०१ वटा विभिन्न जातका बिरुवा रोपिएको डिभिजन वन रामेछापका सूचना अधिकारी देवेन्द्र यादवले जानकारी दिए । उनका अनुसार सामुदायिक वन महोत्सवमा श्रीखन्ड, रुद्राक्ष, आँप, कपुर, वेल, धुपी, रक्त चन्दन, एभोकाडो र अमला लगायतका विभिन्न जातका बिरुवा रोपिएको हो । 

 

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौला (प्रजिअ) ले जनताले आफ्नो वनको आफ्नै सहभागितामा संरक्षण गरी वन बढाउन भूमिका खेलेको भन्दै सामुदायिक वनको प्रशंसा गरिन् ।

 

प्रजिअ निरौलाले वनको संरक्षण, संवर्द्धन र दिगो खालको उपयोग गर्न जोड् दिँदै रोपेका बिरुवाको संरक्षण गर्न सामुदायिक वन समिति र डिभिजन वनलाई आग्रह गरिन् । प्रजिअ निरौलाले वैज्ञानिक वन व्यवस्थापन गर्न सबैले काम गर्नु पर्नेमा जोड् दिइन् । 

 

सिडिओ निरौलाले के- के भनिन् बाँकि भिडिओमा हेर्नुहोस् 

 

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) रामेछापको अध्यक्ष ज्ञानबहादुर खड्काले जिल्लामा सामुदायिक वन उपभोक्ता समितिले यहाँको पर्यावरण कायम गर्न महत्पूर्ण भूमिका खेलेकोमा जोड् दिए । उनले सामुदायिक वन उपभोक्ता महासंघ क्षेत्राधिकार भएको महासंघ भएको सुनाउँदै वातावरणलाई जनताको सहभागीमा हरियाली पार्न सफलताको साथ लागि परेको जानकारी गराए । 

 

उनले (फेकोफोन) अहिले सरकारले आफूहरूलाई २० प्रतिशत कर अनाधिकृ रूपमा लगाउन खोजेकाले आन्दोलनमा रहेको सुनाउँदै सरकारले आफूहरूको माग पूरा गर्नको लागि समिति गठन गरेर वार्तामा डाके वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको सुनाए । 

 

त्यस्तै डिभिजन प्रमुख (डेफो) ओम सागर भण्डारीले सामुदायिक वन उपभोक्ता समितिको स्थापना दिवसको शुभकामना दिँदै यसको इतिहास र हालसम्म भइरहेको अवस्था बारेमा जानकारी गराए ।

 

डेफो भण्डारीले जिल्लामा हरियाली बनाउने अभियानमा आफूहरू सबैसँग सहकार्य र समन्वय गरेर लागेको बताउँदै देशभरि २२ हजार बढी सामुदायिक बन रहेको जानकारी दिए । त्यस्तै २९ लाख बढी जनसंख्या सामुदायिक वनमा आबद्ध रहेको सुनाउँदै २२ लाख भन्दा बढी हेक्टर जमिन सामुदायिक वन उपभोक्ता मार्फत काम भइरहेको जानकारी गराए । 

 

डिफो भण्डारीले यसरी स्पष्ट पारे सामुदायिक वनको इतिहास भिडिओ हेर्नुहोस्

 

 

दिवसको अवसरमा भएको वृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, फेकोफोनका केन्द्रीय सदस्य दुर्गाबहादुर श्रेष्ठ, फेकोफोन रामेछाप शाखा प्रमुख तथा पदाधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधि, वडा नं २ का जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।