आज र भोलि एसइईको ‘ग्रेड्वृद्धि’ परीक्षा हुँदै, मन्थली र नाकन्या माविसहित ३ स्थानमा केन्द्र तोकियो

| साउन २६, २०८० शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२६ साउन, रामेछाप । गत २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा कम जिपिए ल्याएर विद्यार्थीको लागि आज शुक्रवार र भोलि शनिवार ‘ग्रेड वृद्धि’ परीक्षा सञ्चालन हुँदै छ । त्यसको लागि परीक्षा दिन जिल्लाका ६४ वटै वडाबाट फारम भरेका विद्यार्थी जिल्ला सदरमुकाम मन्थलीमा आइपुगी सकेका छन् । 

 

कम जिपिए आएर माथिल्लो कक्षामा भर्ना हुन र आफूले चाहेको विषय पढ्नको लागि समस्या भएका विद्यार्थीले बढीमा २ विषयको सम्म ग्रेड वृद्धि परीक्षा दिएर आफ्नो ग्रेड बढाउन पाउने छन् । त्यसको लागि जिल्लामा १ हजार २२ जनाले ग्रेड वृद्धि परीक्षा दिन फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार परीक्षा दिन अरूले पनि पाउने भए पनि १०२२ जनाले ग्रेड वृद्धि परीक्षाको लागि फारम भरेका हुन् । जसको तयारी पूरा भई सकेको छ । परीक्षा आज बिहान ८ बजेबाट सुरु हुने छ ।जसको लागि जिल्ला सदरमुकाम मन्थलीमा रहेको एक क्याम्पस सहित २ माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । 

 

जसमा कोड नं सहित सिम्बोल नं १८००१ देखि १८०२७ मन्थली माद्यामिक विद्यालयमा ११०२८ देखि १८०६७ सम्म मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ । 

 

भने, १८०६८ देखि १८०९८ सम्म मन्थली हाटेचौर स्थित नाकन्या माद्यामिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । गत असार तेस्रो साता सार्वजनिक गरिएको (एसइई) को नतिजामा एसइई दिएका ३ हजार ३८ जना मध्ये ३.६ देखि ४‍.० जिपिए कूल ४९ जनाले ल्याएका थिए ।

 

त्यस्तै जिल्लाभरिका २५ जना ‘एप्सेन’ भएका बाहेक ३.२ देखि ३.६ सम्म १४० जना, २‍.८ देखि ३.२ सम्म २८३ जना जिपिए ल्याएका थिए । भने २.४ देखि २.८ सम्म ६१३ जनाले, २.० देखि २.४ सम्म ९५७ जना, १‍.६ देखि २.० सम्म ७१७ जना र १.६ भन्दा कम ल्याउने २५४ जना रहेका थिए । 

 

१.६ जिपिए भन्दा मुनी जिपिए ल्याएकाहरू र दुई वा दुई भन्दा बढी विषयमा कम जिपिए ल्याएकाहरूले आज र भोलिको परीक्षामा सहभागी भएर ग्रेड वृद्धि गर्न सक्ने छन् । १७ चैत २०७९ देखि गत वर्षको (एसइई) भएको थियो । 

 

जिपिए

३.६ देखि ४‍.० जिपिए ल्याउने सङ्ख्या ४९ जना

३.२ देखि ३.६ सम्म १४० जना, 

२‍.८ देखि ३.२ सम्म २८३ जना,

२.४ देखि २.८ सम्म ६१३ जना,

२.० देखि २.४ सम्म ९५७ जना 

१.६ देखि २.० सम्म ७१७ जना,

१.६ भन्दा कम ल्याउने २५४ जना,