रामेछाप टाइम्सको समाचार प्रभाव: ‘अचकली’ बढेको मूल्य वृद्धिबारे प्रशासन र स्थानीय सरकारको चासो

| साउन २६, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

२६ साउन, रामेछाप । रामेछाप टाइम्सडट्कमले मूल्य वृद्धि आकासिदैः ५ वटा पसलमा पान्थरी मूल्य, चामलको भाउ बोरामा ८ सयसम्म बढाए, अझै बढ्ने शीर्षकमा र अन्य विभिन्न मिडियाले समेत जिल्लाको बजारमा मूल्य आकासिएको समाचार सामाग्री प्रकाशन प्रसारण गरेपछि प्रशासन र स्थानीय सरकारले चासो व्यक्त गरेका छन् । 

 

मिडियामा मूल्य वृद्धि आकासिएको र स्थानीय मार्मा परेको समाचार सामाग्री सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय रामेछाप सहित मन्थली नगरपालिका, घरेलु तथा साना उद्योग, रामेछाप उद्योग वाणिज्य संघसहितले चासो राख्दै मुख्य बजारहरूमा अनुगमन तीव्र पारेका छन् । 

 

मन्थली नगरपालिकाले समाचार सार्वजनिक भएको भोलि पल्ट देखिनै नगरका मुख्य बजारमा आकस्मिक अनुगमन टोली खटायो भने जिल्ला प्रशासन, घरेलु र रामेछाप उद्योग वाणिज्य संघले पनि चासो राख्दै सम्बन्धित निकायहरूको संयुक्त छलफल र निर्णय नै गरेका छन् । 

बिहीबार प्रशासनमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइराला, जिल्ला प्रहरीका प्रहरी निरीक्षक रञ्जन कुमार गिरी, घरेलुका प्रमुख सुबोध कुमार साह कर्मयोगी, उद्योग वाणिज्य संघका सचिव यज्ञप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला शाखाका पूर्व सभापति रमेश ढुङ्गेल, करदाता सेवा कार्यालय, रामेछाप प्रमुख नरोज वली र उपभोक्ता हित मञ्च, रामेछापका अध्यक्ष रामचन्द्र कँडेलसहितको बैठकले मूल्य वृद्धिबारे छलफल गर्दै ५ बुँदा निर्णय समेत गरेको छ । 

 

मन्थली नगरपालिकाले २ दिन गरेको वडा नं १३, ४ र ५ का मुख्य बजारको अनुगमनको क्रममा जफत गरी ६७ पसलका कुल ३ लाख बराबरको सामाग्री नै नष्ट समेत गरी सकेको छ । साथै अनुगमन जारी रहने समेत जनाइएको छ । 

 

प्रशासनमा बसेको बैठकले पनि चाडपर्वहरू नजिकिएकाले अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने सम्भावना रहेको हुँदा चाडपर्वलाई दृष्टिगत गरी जिल्लामा खाद्यान्न लगायत उपभोग्य वस्तुको अभाव सृजना हुन नदिन र सहज आपूर्तिको व्यवस्था मिलाउने सबै व्यवसायीहरूलाई अनुरोध गर्ने आवश्यक समन्वय उद्योग वाणिज्य संघले गर्ने सहित सचेतना मूलक कार्यक्रम गरी मूल्य वृद्धि रोक्न भूमिका खेल्ने लगायतको निर्णय गरेको छ । 

 

निर्णयहरु हेर्नुहोस्