मन्थली १२ गेलुः भाउजूमाथि देवरले गरे निर्घात कुटपिट

| साउन ३१, २०८० बुधबार

तस्बिर सामाजिक संजालबाट
A A A
A A A

३१ साउन, रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलुमा देवरले भाउजूमाथि निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट ३१ वर्षीय भाउजू मन्दिरा अधिकारीको शरीरमा रगताम्य हुने गरी चोट पटक लागेको छ । 

 

बुधवार (आज) आफ्नै देवर सन्तोष कुमार अधिकारीले भाउजू मन्दिरामाथि निर्घात कुटपिट् गरेका हुन् । उनले घरायसी विबाद्मा एक्कसी भाउजूमाथि कुटपिट गरेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापले पनि आफ्नी श्रीमतीमाथि कुटपिट भएको भन्दै मन्दिराका श्रीमानले कार्यालयमा लिएर आएको रामेछाप टाइम्सलाई बताएको छ । 

 

‘आज घरायसी विवादमा घटना भएको जानकारी आएको छ । भोलि दुवै पक्षलाई बोलाएर छलफल हुन्छ’, सूचना अधिकारी दिलीप थापाले रामेछाप टाइम्सलाई भने ।

 

 

जिप्रकाले चोट पटक लागेकी मन्दिराको उपचारको लागि भनेको र भोलि दुवै पक्षलाई डाकेर पीडितलाई क्षेतीपूर्ती समेतलाई ध्यानमा राखेर छलफल गर्ने तयारी गरेको सूचना अधिकारी थापाले रामेछाप टाइम्सलाई भने ।