रामेछापमा आलु उत्पादनमा उल्लेख्य वृद्धि : गत वर्षको भन्दा १३ प्रतिशतले बढ्यो उत्पादन

| भदौ ३, २०८० आइतबार

A A A
A A A

३ भदौ, रामेछाप । रामेछापमा यो वर्ष आलु उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछाप सहित कृषकहरूले आलु खेतीमा आधुनिक विधिको प्रयोग गर्दा उत्पादन बढेको कृषि ज्ञान केन्द्र रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

आइतबार ज्ञान केन्द्रले रामेछाप टाइम्सलाई उपलब्ध गराएको विवरणमा वर्ष मौसमले पनि साथ दिएको, नयाँ–नयाँ प्रजातिको बिउ र प्रविधिको प्रयोग गरिएकाले आलु उत्पादन राम्रो भएको हो । ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङका अनुसार परम्परागत आलुको बिउलाई पीबीएस बिउले प्रतिस्थान गर्दा, मौसम अनुकूल तथा रोग किराको प्रकोप समेत कम भएकाले गत वर्षको भन्दा ४ मेट्रिक्टनले आलु बढी फलेको हो ।

 

आर्थिक वर्ष २०७८-७९ मा ३ हजार २७८ क्षेत्रफललमा ४९ हजार ६३० अर्थात् १५.१४ मेट्रिक्टन उत्पादन भएको मा २०७९/८० मा क्षेत्र पलसँगै आलु उत्पादन पनि बढेको छ । जसअनुसार २०७९/८० मा ३ हजार ३ सय ४३ क्षेत्रफलमा ५६ हजार ८२१ अर्थात् १९.३८ मेटिक्टन उत्पादन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४ मेट्रिक्टनले वृद्धि भएको हो । 

गुम्देलको आलु

आलु उत्पादन हुने जिल्लाका माथिल्लो भेगको सुनापति, दोरम्बा र उमाकुण्डको केही स्थानमा छिट-फुट् बाहेक यो वर्ष आलुमा लाग्ने डडुवा रोग समेत देखिएन । सम्बन्धित कृषक र सरोकारवाला निकायले समेत चासो दिँदा जिल्लामा अघिल्लो आर्थिक वर्षको भन्दा १३ प्रतिशत उत्पादन बढेको हो । भने, २ प्रतिशत क्षेत्रफलमा समेत आलु खेतीको वृद्धि भएको छ । 

 

‘यो वर्ष जिल्लाका धेरै पाखाहरूमा पनि ‘बुक्मा’मा पनि आलु खेती गरिएको थियो, त्यसैले पनि यो समग्रमा आलु उत्पादन सन्तोष जनक छ,’ ज्ञान केन्द्र रामेछापकी कृषि अर्थ विज्ञ शर्मिला फुयाँलले रामेछाप टाइम्ससंग भनिन् ।

गुम्देलको आलु सुकाउएको ।

जिल्लाको उमाकुण्ड, गोकुलगंगा, दोरम्बा, सुनापति र खाँडादेवीको माथिल्लो भेगमा विशेष गरी हुँदै आएको छ । 

 

पोहोर साल त, रोपेको खर्च पनि उठेको थिएन । यसपालि त, राम्रो फलेको छ, किरा पनि लागेको छैन । पानी धेरै नपरेकाले होला खाँदा पनि मिठो छ’, उमाकुण्ड १ गुम्देलकी सुन्तोली बि.क (घिमिरे) ले भनिन् । 

गोकुलगंगा गाउँपालिकामा आलु खन्दै किसानहरु

यहाँ गाउँ भरी आलु सप्रिएको छ, अब बेच्नको लागि गाडी सहज रूपमा आएदेखि त हुन्थ्यो ? स्थानीय सरकारले चुनावमा त गर्छौँ भनेका थिए ? तर, अहिले सम्म भएको छैन, प्रश्न गर्दै सुन्तोलीले भनिन् । 

 

आलु राम्रो फेलेपछि किसान यती बेला हर्षित छन् । कतिपय सवारीको सहज पहुँचमा हुनेले बिक्री समेत थालेका छन् ।