पालिका भरीको आलु काठमाडौँमा लागेर धमाधम बेच्दै गोकुलगंगा गाउँपालिकाका पूर्व अध्यक्ष सुनुवार

| भदौ ३, २०८० आइतबार

A A A
A A A

३ भदौ, रामेछाप । गाउँमा आलु उत्पादन राम्रो भएपछि गोकुलगंगा गाउँपालिकाका पूर्व पालिका अध्यक्ष खड्गबहादुर सुनुवारले आलु बेच्न थालेका छन् । गाउँमै फलेको अर्ग्यानिक आलुको ‘चिनारी/प्रचारप्रसार’ र केही आम्दानी पनि गर्ने उद्देश्यले बिक्री अगाडि बढेको हो । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार यो वर्ष जिल्लामा आलु उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । 

 

पूर्व अध्यक्ष सुनुवारले पालिकाका विभिन्न कृषकले उत्पादन गरेको आलु किसानहरूबाट किनेर राजधानी लगेर बेच्न थालेका हुन् । केही दिन अगाडि आफूले ४ ट्रक आलु सङ्कलन गरेर उपत्यका लगेर धमाधम बिक्री गरिरहेको सुनुवारले आइतबार रामेछाप टाइम्सलाई बताए । ‘गाउँमा दुई भाइ छन्, सानो लगानीमा सङ्कलन गरेर बेच्न थालेको हुँ, बिक्री राम्रो छ।’

रामेछापको अर्ग्यानिक आलु भनेर सामाजिक संजालबाट समेत प्रचारप्रसारले तीव्र पारिएपछि अहिले आलु किन्न आउनेहरू बढेको बिक्रेता सुनुवार बताउँछन् । 

 

कृषकबाट प्रति केजी ३१ देखि ३३ रुपैयाँ सम्म तिरेर घरबाटै खरिद गरेर अहिले गठ्ठाघर र कौशलटरमा स्टोर गरी केजीको   ३७÷३८ देखि ४५ सम्म धमाधम बिक्री भइरहेको सुनुवारले सुनाए । ‘अर्ग्यानिक उपभोग गरौँ गर्दा स्वास्थ्यलाई पनि फाइदा हुन्छ, हाम्रोमा विषादी हालेको हुँदैन । राम्रो आलु जोसले पनि लगि लागि हाल्छन् । चिनाउन सक्नू पर्‍यो ।’  

केही समय अगाडि लटरम्म फेलेको आरू गोडोका बोक्दै खड्का बा. सुनुवार, तस्बिर स्रोत सामाजिक संजाल ।

होलसेलको छुट्टै मूल्य छ । तर, बिक्री राम्रो छ सुनुवारले भने । उनले यो पटक गोकुलगंगा गाउँपालिकामा मात्रै ३ सय ट्रकसम्म आलु फेलेकाले यसको निर्यात गर्न लागि परेको बताएका हुन् । 

 

पालिका अध्यक्षबाट बिदा भएपछि गाउँमै कृषि कर्म गरेर रमाउँदै आएका नेकपा एमालेका नेता समेत रहेका सुनुवारले आफ्नो बारीमा पनि राम्रो आलु फेलको बताए ।