नेपाल माझी उत्थान संघ मन्थली नगरको अध्यक्षमा रामबहादुर माझी

| भदौ ९, २०८० शनिबार

A A A
A A A

९ भदौ, रामेछाप । नेपाल माझी उत्थान संघ मन्थली नगरपालिकाको अध्यक्षमा रामबहादुर माझी सर्व सहमतिमा चयन भएका छन् । प्रथम अधिवेशनले रामबहादुरलाई अध्यक्षमा सर्व सहमतिले जिम्मेवारी दिएको हो । 

 

शनिवार मन्थली स्थित गुम्बा हलमा भएको भएको एक कार्यक्रमले रामबहादुरको नेतृत्वमा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेको नेपाल माझी उत्थान संघ रामेछाप–काठमाडौँ सम्पर्क समाज समितिका अध्यक्ष बालकृष्ण माझीले जानकारी दिए । केही सदस्य मनोनीत गर्ने निर्णय गरिएको छ ।

 

उनका अनुसार वरिष्ठ उपाध्यक्षमा अमृता माझी (भटौली), उपाध्यक्षमा गणेशबहादुर माझी (जखनीटार) चयन भएका छन् । 

 

त्यस्तै सचिवमा मनिषा माझी (कुनौरी), सह–सचिवमा तेजबहादुर माझी (करमबोट), कोषाध्यक्षमा लेखबहादुर माझी ( सेलेघाट) ले जिम्मेवारी पाएका छन् । 

भने, उर्व माझी (मसानटार), लालुमाया माझी (हात्तिटार), गोपाल माझी (मुगिटार), महेन्द्र माझी (भटौली), मखौरे माझी (वडारे), डम्बरबहादुर माझी (गाईखुरा) र गणेश माझी (नपुघाट) सदस्य चयन भएका छन् । 

 

केही दिन अगाडि नगरको वडा नं १,२,६,७ र ८ का १३ वटा टोलमा वडा समिति गठन समिति विस्तार गरी सकेको उत्थान संघले शनिवार नगर समिति मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत सहितको उपस्थितिमा एक कार्यक्रम गरी गठन गरेको हो ।