मन्थली तेक्वान्दो डोजाङ्गका ६ जना खेलाडीले कोरियन ‘एम्बेस्टर’मा भाग लिँदै

| भदौ १२, २०८० मंगलबार

A A A
A A A

१२ भदौ, रामेछाप । रामेछापका ६ जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो (कोरियन ‘एम्बेस्टर’) मा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसको लागि खेलाडीहरू निरन्तर अभ्यासमा रहेको रामेछाप तेक्वादो संघका जिल्ला सचिव तथा मन्थली तेक्वान्दो संघका प्रमुख देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘अहिले खेलाडीहरूलाई निरन्तर प्रशिक्षण गराइ  रहेको छु । आशा छ हामी राम्रो गर्छौँ ।’

 

मङ्गलवार प्रशिक्षक श्रेष्ठले दिएको जानकारी अनुसार नेपाल स्थित दक्षिण कोरियाली राजदूतावासको सह‌योगमा नेपाल तेक्वान्दो संघले यही भदौ २६ गते देखि ३१ गते सम्म ११ औं कोरियन एम्बेस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै छ । 

 

उक्त प्रयोगयतामा जिल्लाको मन्थली तेक्वान्दो डोजाङ्गबाट विभिन्न तौल समूहका ६ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्न लागेको नगरका तेक्वान्दो प्रमुख श्रेष्ठले जानकारी दिए ।  तेक्वान्दो प्रमुख श्रेष्ठका अनुसार मन्थली डोजाङ्गबाट ४ जना गिरोगी (फाइट) र २ जना पुम्सेमा भाग लिन लागेका हुन् ।

 

यो प्रतियोगिता सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको आफ्नै भवनको हलमा हुने छ । 

 

५ दिन सम्म हुने यो प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका र नेपाल तेक्वान्दो संघमा आबद्ध रहेका देशभरिका तेक्वान्दो तालिम केन्द्रका खेलाडी सहित विभिन्न देशका खेलाडीहरू गरी करिब २ हजार खेलाडीले सहभागिता जनाउँदै छन् ।