गोकुलगंगामा नागरिक स्तरबाट लकडाउनको अबज्ञा हुन थाल्यो- अध्यक्ष सुनुवार

| जेठ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A


२८ जेठ,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्का सुनुवारले शिक्षा, स्वास्थ्य र रोजगार मुखी बजेट ल्याउने तयारी भएको बताएका छन् । उनले कोरोना नियन्त्रणको लागि स्थानीय प्रशासनले लगाएको बन्दाबन्दी पछिल्लो समय पालिकामा नागरिक स्तरबाट अबज्ञा हुन थालेको बताए । 


रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको भर्चुवाल छलफलमा पत्रकारहरुले उठाएका प्रश्नको जवाफलाई सम्बोधन् गर्दै उनले भने-'आउदो नयाँ बजेटमा हामी शिक्षा, स्वास्थ्य र बैदेशीक रोजगारीबाट भित्रएकाहरुसहितलाई लक्षित गरि रोजगारी मुखी नीति तथा कार्यक्रम ल्याउछौं भने ।' 

अध्यक्ष खड्गबहादुर सुनुवारले देशबाहिर र काठमाडौंलगायतका शहरबाट आएकालाई क्वारेन्टाइनमा राखेकाले संक्रमण फैलन नपाएको जानकारी दिए। उनले देवाली,पुजा र बिहे लगाएतका कामले संक्रमण फैलिएपनि जनप्रतिनिधि, स्वास्थ्यकर्मी निरन्तर खटेर संक्रमणको जोखिम कम गरेको बताए। उनले भने,‘हाम्रो कारणले गाउँपालिकामा संक्रमण बढेको छैन। २४ घण्टा नै फ्रन्टलाइनर नियन्त्रणमा खटेका छन्। विभिन्न संघसंस्थासँग सहयोगको आह्वान गरिरहेको र कतिपयले सहयोग गरिरहनुभएको छ। गाउँपालिका आफैँले एन्टिजेन्ट किट खरिद गरेर जनातालाई निशुल्क उपचार गरिरहेका छौं।’

 

सुनुवारले स्वास्थ्यमर्मीलाई स्थानीय जोखिम भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिसकेको जानकारी दिए। उनले आगामी वर्षको बजेट स्वास्थ्य, शिक्षा र रोजगार गरी तीन क्षेत्रलाई प्राथमिकता दिने बताए। उनले गाउँपालिकामा इन्टरनेटको पहुँच नभएकाले भर्चुअलमार्फतका कक्षा र र रेडियोमार्फतका कक्षा संचालन सम्भव नभएकाले विद्यालयमा भौतिक दुरी कायम गरेर पठनपाठन गर्नुपर्ने आवश्यकता रहेको बताए।

 

उनले भने‘दुरी कायम गर्ने, गाउँपालिकाबाट विद्यालयमा मास्क र स्यानिटाइजर उपलब्ध गराएर वा कक्षा सिफ्ट गरेर संचालन हुन सक्छ।’


नयाँ बजेट यीनै तीन विषयमा केन्द्रित् रहेर ल्याउने तयारी छ, उनले भने । कोरोना रोकथामको लागि पर्याप्त बजेट्को ब्यवस्था गर्ने योजना गाउँपालिको रहेको सुनाए । 

 

त्यस्तै तेस्रो लहरको कोरोना संक्रमण फैलिन सक्ने भन्दै त्यसको लागि पनि तयारी गरि रहेको उल्लेख गरे । कोरोना भाइरस संक्रमण रोकथामको लागि जारी लकडाउनको पालिकामा केही समूहले अवज्ञा गरेको पनि सुनाए । 


उनले राजधानी लगाएतका ठाउँबाट मानिसहरु भित्रिएर गाउँमा कूल पूजा (दियाली) गर्ने गरेको गाउँमा तोकिएको संख्या भन्दाबढी मानिसहरुको सहभागितामा समूह, हूल बनाएर बसेको देखिने गरेको बताए । त्यस्तो गतिविधिमा संलग्नहरुलाई कारबाही गर्न जिल्ला प्रशासनलाई समेत ध्यानाकर्षण गरेको उनले बताए ।

 

उनले भने २ चार जना केटाहरु गलत गरेका छन्, ती ब्यक्तीलाई कारबाही हुन सक्छ । गलत भैरहेको मैले महसुस गरेको छु ।


त्यस्तै स्थानीय पाठ्यक्रलाई तयार पारि पठनपाठनको तयार रहेको बताए ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार