गम्देलः जंगली जनवारको आतङ्कबाट अन्न बाली र घरपालुवा जनवार जोगाउन मुस्किल, १०० वटा कुखुरा मार्‍यो

| भदौ १२, २०८० मंगलबार

A A A
A A A

१२ भदौ, रामेछाप । उमाकुण्ड गाउँपालिका– १, गुम्देलमा जंगली जनावरले अन्न बाली र घर पालुवा पशुपन्छी खाएर स्थानीयको उठिबास लगाउन लागेको छ । साथै जंगली जनवार भालु, स्याल, दुम्सी लगायतका जीव जन्तुहरूको आक्रमणबाट समेत गाउँले त्रसित छन् । 

 

गाउँभरी यति बेला मकै पाक्न लागेको छ । पाक्न लागेको मकै घर बारीमै आए भालुले बासै बसेर खान थालेपछि केही किसानहरूले भालुले सकिदिने डरले भाँच्न थालेका छन् । 

 

गाउँमा मानिसको बसोबास कम हुँदै जानु र जंगलमा जंगली जनवारको आहारा कम हुँदै जाँदा वन्य जन्तु यसरी दिन दाहाडै गाउँ पसेर आतङ्क मच्चाउन थालेका हुन । पहिले-पहिले गाउँ भन्दा एक दिनको बाटो जाँदा बल्ल तल्ला जंगली जनवार भेटिन्थे अहिले आहारा नभएपछि गाउँ पसेका हुन्, स्थानीय ८४ वर्षीय पहलमान विकले रामेछाप टाइम्सलाई बताए । 

केही वर्षदेखि पहिले मात्रै पनि नआउने गाउँमा यति बेला सजिलै आएर जंगली जनवारले बालीनाली सख्खाप पार्न थालेको हुन् । आलु दुम्सी, बाँदर लगायतका जंगली जनवारले खाएर बारीमै बास बसेर जोगाएको स्थानीय जितमान विकले सुनाए । ‘२–४ वर्ष सम्म यही ठाउँमा केही लाग्दै न थियो । अहिले एक जना गोठालो लागेर जोगाउनू पर्ने भयो’ बाली जोगाउँदा मान्छे जोगिन गाह्रो छ ।’

 

गौरीशंकर संरक्षण क्षेत्र रहेको त्यहाँ पछिल्लो समय मलसाँप्रो, भालु, बाँदर र चराचुरुङ्गीको समेत सास्ती खेप्दै बस्नु परेको स्थानीयहरू सुनाउँछन् । मकै खानको लागि भालुको साँझ बिहान भेटिने त्रासले स्थानीयहरू साँझ बिहान त्रसित हुन्छ । 

 

गहुँ लगायो चराले खाने, मकै चारा, बाँदर, भालु अन्न लगाएर खानै नसकिने भयो स्थानीय दोर्जी शेर्पाले दुखेसो गर्दै सुनाउँछन् । केही वर्षदेखि बर्सेनि भालुको आक्रमणबाट केही घाइते हुँदै आएका छन् भने पशुचौपायहरु पनि मार्दै आएको छ । 

 

५ दिनमा मलसाँप्रोले मार्‍यो १०० कुखुरा 

बर्खा लागेसँगै जंगली जनवारको आक्रमणको त्रासमा हिँड्डूल गर्नु पर्ने त्यहाँ पछिल्लो ५ दिनमा मलसाँप्रोले स्थानीयहरूको खोरमै पुगेर १०० वटा कुखुरा मारेको छ । 

 

गुम्देलको साबिकको वडा नं ४ बसपार्क एरियामा अनिल कार्कीको ७० वटा, मंगले राई र मंगले बस्नेतको ६–६ वटा, पूजा कार्कीको १३ वटा, कुमार कार्की र देबु अधिकारीको २–२ वटा र भीमबहादुर बिकको १ वटा गरी १०० वटा लोकल र बोहिलर कुखुरा मारेको बसपार्ककी रस्मिला बिक (घिमिरे) ले रामेछाप टाइम सलाई बताइन् ।