प्रेस युनियन रामेछापको चौथौँ अधिवेशन किन अपूर्ण कार्यसमिति बनाउँदै सकियो, यस्तो छ कारण ?

| भदौ १७, २०८० आइतबार

A A A
A A A

१७ भदौ, रामेछाप । प्रेस युनियन रामेछापले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । पछिल्लो अधिवेशनले अध्यक्षमा ज्ञानु श्रेष्ठलाई अध्यक्ष बनाएको हो । उनी अध्यक्षका प्रत्याशी बनेका ६ जनाकाे पटकपटकको छलफलपछिकाे कठिन सहमतिमा युनियनको जिल्ला अध्यक्ष बनेकी हुन् ।  उनी क्रियाशील महिला पत्रकार रामेछापकी अध्यक्ष हुन् भने नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी सदस्य समेत छिन् । साथै रेडियो झंकार ९७.५ मेगाहर्जमा समेत आबद्ध छिन् । 

 

नेपाली काँग्रेसको शुभेच्छुक संस्था युनियनमा जिल्लामा कूल ७१ जना सदस्य रहेका छन् ।

 

गत शुक्रवार र शनिवार मन्थली स्थित फ्रिडम रिसोर्टमा भएको आठौँ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनले जिल्लामा पहिलो पटक महिला नेतृको नेतृत्वमा शाखा पाएको हो । अध्यक्षको दौडमा नेतृ ज्ञानुसंगै अध्यक्षका बलिया दाबेदार युवराज श्रेष्ठ, रामचन्द्र बि क, दीपक घिमिरे, नवीन केसी, वर्तमान अध्यक्ष अप्रिल अधिकारी र वर्तमान महिला उपाध्यक्ष रहेकी निरू थापा रहेका थिए ।  

कार्यक्रम उद्घाटन गर्दै केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष अर्याल

शुक्रवार साँझ करिब ६ बजे सम्पन्न औपचारिक कार्यक्रम पछि सुरु भएको बन्दशत्रले युनियनको विगत ५ वर्षदेखिको सचिवको सांगाठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास गरेको थियो । 

 

केन्द्रीय वरिष्ठ उपाध्यक्ष नहकुल अर्यालसहित केन्द्रीय प्रतिनिधि समेतको उपस्थितिमा भएको अधिवेशनको कार्यसमितिले भने पूर्णता पाउन सकेको छैन । लामो समयदेखि विविध कारणले हुन नसकेको रामेछापको शाखाको अधिवेशन सम्पन्न गर्न भन्दै खटिएको केन्द्रीय टिम पनि अपूर्ण समितिलाई बधाईको खादा लगाएर बाहिरिएको हो । 

 

नयाँ बनेको कार्यसमितिमा महिला उपाध्यक्षमा निशा मोक्तान र सचिवमा सागर बोहोरा बाहेक अन्य पद भने खाली छ । प्रेस युनियनको विधानले पदाधिकारी मनोनीत गर्ने अधिकार अध्यक्षलाई दिएको बारे आफूलाई आधिकारीक जानकारीमा नरहेको निवर्तमान जिल्ला अध्यक्ष अप्रिल अधिकारीले बताए । ‘अब कसरी जाने भन्ने बारेमा छलफल हुन्छ । मिलाएर संगठनको हितमा रहने गरी अगाडि जान्छौँ’ जानु पर्छ । तर, मनोनीत गर्ने बारेमा के छ त्यो हेर्नु पर्छ ।’

 

५ जना अध्यक्षका दाबेदारहरूले सहमतिको बाटो बाटै युनियनको नेतृत्व टुङ्गोमा पुर्‍याउनु पर्ने जोड् बल सहित दुई जना युवराज र ज्ञानुलाई अध्यक्ष पद छोडेका थिए । सोही अनुसार मतदानमा नजाँदा सहमतिबाटै नेतृ श्रेष्ठले जिल्लाको नेतृत्व पाउँदा अन्य पदमा भने दाबी गरेकाहरूले धाम–धम  उम्मेदवारी फिर्ता लिएपछि समिति पूर्णता नपाएको हो । 

 

जिल्ला शाखाले अपुरो नेतृत्व पाउनुमा भने राजनीतिक हस्ताक्षप हुनु नै प्रमुख कारण रहेको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था युनियनमा पार्टीले सिधै हस्ताक्षप गर्दा अपूरो कार्यसमिति बन्न पुगेको युनियनकर्मीहरूले बताए । 

 

यस अगाडि जिल्लामा अप्रिल अधिकारी अध्यक्ष थिए भने पत्रकार महासंघ रामेछापको सभापति समेत रहेका बद्री नयाँ यसका संस्थापक अध्यक्ष हुन् । 

 

अध्यक्षमा किन बलिया उम्मेदवार युवराज ?

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

 

उनी सदरमुकाम मन्थली स्थित रेडियो झंकार ९७.५ मेगाहर्जको स्टेसन म्यानेजर, अर्थ टेलिभिजनका जिल्ला संवाददाता, पालिका आवाज साप्ताहिकका समाचार प्रमुख र नेपाल पत्रकार महासंघ रामेछापको कोषाध्यक्ष समेत रहेका छन् । 

 

पत्रकारीतासंगै नेपाली काँग्रेस पार्टी प्रति शुभेच्छुक पत्रकार श्रेष्ठ युनियनको नेतृत्व सहि तरिकाले संगठनलाई बलियो बनाउने उद्देश्यले योजनाबद्ध रुपमा अगाडि बढेको उम्मेद्वारी घोषणाको क्रम्मा बलियो धारणा राखे । उनले सो क्रममा जिल्ला अध्यक्षमा निर्वाचित भएपछि जिल्लामा पार्टीलाई बलियो शक्ति बनाउन पहल गर्न युनियनले पार्टी र जनतासंग पुलको काम गर्न आफूले सक्दो पहल गर्ने बताएका थिए । 

 

के भन्छन् निवर्तमान अध्यक्ष अप्रिल अधिकारीले ?

एक पद एक कार्यकाललाई जोड् दिँदै आएका निवर्तमान अध्यक्ष अधिकारीले विविध कारणले हुन नसकेको अधिवेशन भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकाल भरी युनियनलाई युनियनकै रूपमा अगाडि बढाउन सकेको दाबी गरेका छन् । 

 

अधिवेशन सकिएपछि नयाँ टिमलाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले साथीहरूको सहयोगमा युनियनलाई युनियनकै रूपमा अगाडि बढाउन सफल भए । गोजीमा रहेको प्रेस युनियनलाई संस्थागत विकास गरी कार्यालय स्थापना सहित केही भौतिक सम्पत्ति समेत जोडेर केही इँटा थपेको छु ।’

 

लामो समयदेखि निष्क्रिय जस्तै बन्ने पुग्नुमा आफू आफ्नो ठाउँ र भूमिकाको स्वीकार गर्दै ‘थप इट्टा थप्दै जाने काम आगामी दिनमा आउने नेतृत्वको रहेको स्मरण गराउँदै संस्थागत आँच पुग्ने कुनै काम नगरी कसैको पनि खेमामा युनियनलाई ढल्किन नदिएको उल्लेख गरे ।