तामाकोशी नदी किनारामा वृद्ध महिलाको शव फेला

| भदौ २०, २०८० बुधबार

A A A
A A A

२० भदौ, रामेछाप । मन्थली नगरपालिका वडा नं ११ गेलु स्थित तामाकोशी नदी किनारमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको छ। 

 

मंगलबार जिल्ला प्रहरी कार्यालय रामेछापलाई त्यहाँका स्थानीयहरूले शव फेला परेपछि खबर गरेका थिए ।  तामाकोशी नदीको किनारमा अन्दाजी ६० वर्षीय महिला शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

स्थानीयले खबर गरेपछि जि.प्र.का रामेछापबाट प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली सहितको टोली घटना स्थल पुगेको थियो । 

 

फेला परेको शव प्रहरीले मन्थली अस्पतालमा ल्याएर राखेको जनाएको छ । केही दिन यता जिल्लाका विभिन्न वडाहरूमा अपरिचित व्यक्तिहरू जिउँदै तथा मृत भेटिन थालेका छन् ।

 

 

केही दिन अगाडि मात्रै मन्थली नगरपालिका वडा नं १२ गेलुको जंगलमा अलपत्र अवस्थामा एक पुरुष फेला परेका थिए । 

रामेछाप टाइम्स
| पुस ८, २०८२ मंगलबार