सुनारपानीका ३ जना कमेरो खन्दा खसेको पहिरोले थिच्दा घाइते

| भदौ २१, २०८० बिहिबार

A A A
A A A

२१ भदौ, रामेछाप । मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा कमेरो खन्दा माथिबाट पहिरो खसेर लाग्दा तीन जना घाइते भएका छन् । घाइतेहरूको उद्दार गरी मन्थली अस्पतालमा उपचार जारी छ ।  

 

आज बिहीबार बिहान कमेरो खन्न गएका तल्लो सुनारपानीका ७३ वर्षीय कृष्णबहादुर बसेल, ३२ वर्षीय कृष्ण बसेल र ५९ वर्षीय आइते सार्की माथिबाट पहिरो खस्दा घाइते भएको सोही वडाका वडा सदस्य शुम्बु कुमार बसेलले रामेछाप टाइम्सलाई बताए ।

 

 

‘उपचार हुँदै छ, कृष्णको कम्मर नचलेको अवस्था छ । के–के भयो पछि थाहा होला ।’ पहिरोमा एक जना युवा सहित २ जना वृद्ध अवस्थाका पुरुष परेका हुन् ।