सुनापति गाउँपालिकाको ५ वडाका स्वास्थ्य चौकीलाई कांग्रेस नेता तामाङको पहलमा स्वास्थ्य सामाग्री

| जेठ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ जेठ, रामेछाप । रामेछाको सुनापति गाउँपालिकाको ५ वटा वडालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

 

नेपाली कांग्रेस जिल्ला कार्यासमितिका आमन्त्रीत् सदस्य सुकराम तामाङको विशेष पहलमा पालिकाको ५ वटा वडाहरु गुन्सी, दिमीपोखरी, हिलेदेवी, बेथान, र खनियाँपानीका स्वास्थ्य चौकीलाई सामाग्री हस्तान्तरण गरेको तामाङले रामेछाप टाइम्सलाई बताए । 


उनले भने-'मेरो ब्यक्तिगत पहलमा पालिकाका ५ वटा वडाभित्रका स्वास्थ्य चौकीहरुलाई कोरोना महामारीबाट आफू पनि बचौं,अरुलाई पनि बचाउ भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरेको हुँ  भने।' उनले विश्व महामारीको रुपलिएको कोरोना संक्रमणबाट पालिका भित्रका सबैलाई बचाउनको  लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग होस् भन्ने भावनाले सामाग्री प्रदान गरेको बताए । 

 
गत मंगलबार र बुधबार सामाग्री सहयोग गरेको उनले बताए । उनले स्वास्थ्य चौकीहरुमा बिरामीको लागि अति आवश्य पर्ने मिडिसियनहरु प्रदान गरेको रामेछाप टाइम्सलाई बताए ।

उनले भने-'मैले काठमाडौंका बिरअस्पताल सहित अन्य अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार नै गाउँका स्वास्थ्य चौकीलाई अति आवश्यक सामाग्री प्रदान गरेको हुँ । '

फोटोहरु हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार