असोज १ गते माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गरिने, तामाकोशी नदी छेउमा नजान आग्रह

| भदौ २७, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

२७ भदौ, रामेछाप । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गरिने भएको छ । आउँदो असोज १ गते जलाशय सफा गरिने हुँदा सो अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामा बगर,छेतछेत¸ गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको किनारमा समेत नबस्न आग्रह गरिएको छ । 

 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, माथिल्लो तामाकोशी जलविद्युत केन्द्रकोले एक सूचना जारी गर्दै असोज १ गते सोमवार बिहान ४ बजेदेखि राति ०८ बजेसम्म दोलखाको बिगु गाउँपालिकाको वडा नंं १ मा रहेको दोभान र तामाकोशी नदीको पानीको सतह बढ्ने–घट्ने भइरहने हुनाले सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी बालुवा निकाल्ने, गाडी तार्ने जस्ता कुनै पनि काम नगर्न आयोजनाले भनेको छ । 

 

 साथै नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कता पूर्वक गर्न आग्रह गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले प्रत्येक वर्ष जलसायको मुहान सफा गर्दै आएको छ ।