विद्युत् वितरण केन्द्र मन्थलीको उपकरणमा भीषण आगो लाग्दा विस्फोट (भिडिओसहित)

| भदौ २८, २०८० बिहिबार

A A A
A A A

२८ भदौ, रामेछाप । नेपाल विद्युत् वितरण केन्द्र मन्थलीको कार्यालय परिसरमा रहेको उपकरणमा फूयुज जल्दा भीषण आगो लागेको छ । 

 

बिहीबार साँझ ठिक ६ ः २० को समयमा कार्यालय परिसर नजिकैको विद्युत् उपकरणमा ठुलो आवाज सहित भीषण आगो लागेको हो ।  

 

 

 

आगो लागेपछि आएको ठुलो आवाज पछि बत्ती झ्याप्पै गएको थियो । भने, यो समाचार तयार पार्दा सम्म बत्ती बलि सकेको छ । 

 

 

ढलकेवर–सिन्धुलीबाट आएको लाइन र दोलखा–खिम्तीको लाइनको बाट आएको विद्युत् उपकरणमा केही समस्या हुँदा यस्तो समस्या भएको प्राधिकरण रामेछापका प्रमुख दीपेन्द्र बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । 

 

 

खासै केही भएको हैन । फुज्को समस्या हो । फूज् गएको हो । केही छिनमा समस्या भइहाल्छ । बत्ती बल्छ उनले भने ।