जिल्ला अस्पताल रामेछापका स्वास्थ्यकर्मीको विरोध पर्दशन (फोटोफिचर)

| भदौ २९, २०८० शुक्रबार

A A A
A A A

२९ भदौ, रामेछाप । जिल्ला अस्पताल रामेछापका चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि डाक्टर माथि हुने कुटपिटका घटनाको घोर भर्त्सना गरेका छन् । उनीहरूले स्वास्थ्यकर्मी माथि हुने यस्ता गतिविधिको विरोध गर्दै जिल्ला अस्पतालमा शुक्रवार विरोध गरेका छन् ।

 

‘यही भदौ २७ गतेका दिन सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा डा.विकास थापा र डा‍.प्रशान्त विडारी माथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटना प्रति जिल्ला अस्पताल रामेछापका चिकित्सक तथा स्वास्थ्यकर्मीले घोर भर्त्सना तथा निन्दा गर्दछौ’ ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै भनेका छन् । 

गत साउन २२ गते एक जना बिरामी डेंगु रोगको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौडामा पुगेको र उक्त बिरामीलाई थप उपचार आवश्यक भएको भन्दै श्रावण २३ गते चितवनको सुविधा सम्पन्न अस्पतालमा पठाएको थियो । उक्त बिरामीको गत साउन २५ गते उपचारको क्रममा निधन भएको थियो । उक्त घटनालाई लिएर करिब एक महिना पछि  भदौ २६ गतेका सन्चो अस्पतालमा कार्यरत डा.थापा र डा.विडारीला‍इ अस्पतालमै कुटपिट गरिएको घटना सार्वजनिक भएको थियो । 

उक्त कुटपिटको घटना प्रति रुष्ट हुँदै देशभरका स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् । ‘यस घटनामा संलग्न दोषीलाई “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ू बमोजिम कानुनी कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ ।’ जिल्ला अस्पताल रामेछापले ध्यानाकर्षण पत्र जारी गर्दै भनेको  हो ।