असोज ३ गतेदेखि जिल्ला भरीका विद्यालय बन्द गर्ने शिक्षक महासंघ रामेछापको निर्णय

| भदौ ३१, २०८० आइतबार

A A A
A A A

३१ भदौ, रामेछाप । नेपाल शिक्षक महासंघ रामेछापले आउँदो असोज ३ गतेदेखि जिल्ला भरका विद्यालय अनिश्चित कालको लागि बन्द गर्ने भएका छन् । महासंघले आफ्ना मागहरू सम्बन्धन नभए सम्मको लागि बाध्य भएर शैक्षिक गतिविधि ठप्प पार्न लागेको निर्णय गरेको हो । 

 

शनिवार बसेको महासंघको जिल्ला कार्यसमिति बैठकले केन्द्रीय आह्वान अनुसार संसद्मा दर्ता भएको ‘शिक्षा विधेयक’ ले शिक्षकहरूको विभिन्न विषयमा शैक्षिक क्षेत्रलाई नै धरापमा पर्ने र आगामी दिनमा शिक्षक पेसा प्रति कसैको वितृष्णा जगाउने गरी विधेयक आउन लागेकाले विरोध स्वरूप ३ गते असोज देखि देशभरका विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने निर्णय गरेको महासंंघ रामेछापका अध्यक्ष (सीएटी) शंकर प्रसाद ढुङ्गेलले बताए । 

 

शनिवार मन्थलीमा पत्रकार भेटघाट गरी महासंघले जिल्ला भरका विद्यालय बाध्य भए बन्द गर्ने निर्णय गरेको सार्वजनिक गरेको हो । ‘हाम्रो रहर हैन तर बाध्य भएर विद्यालय बन्द गर्नै पर्ने स्थिति बनेको हो’ अध्यक्ष ढुङ्गेले भने ।

 

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा भएका कतिपय बुँदाले आगामी दिनमा शिक्षक बन्नु भन्दा वैदेशीनु राम्रो हुने जस्ता कुरालाई समेटेर देशको शैक्षिक क्षेत्र धरापमा पार्न लागेको शिक्षकहरूले उल्लेख गरे । 

 

आफूहरूको माग सम्बोधन नभए सम्म विद्यालयमा शैक्षिक गतिविधि ठप्प गर्ने र निजी क्षेत्र, राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, निजी क्षेत्रको शैक्षिक समिति (प्याबसन) सबैले आफूहरूको आन्दोलनलाई साथ दिनु समेत शिक्षक महासंघले आग्रह गरेको छ । ‘हाम्रो आन्दोलनलाई सबैले ऐक्यबद्धता जनाइ साथ दिनुहोला यो हाम्रो मात्रै आन्दोलन हैन यो समग्र शैक्षिक जगतको आन्दोलन हो’ अध्यक्ष ढुङ्गेलले जोड् दिँदै भने ।

 

प्रेस विज्ञप्ति हेर्नुहोस्

भिडिओ हेर्नुहोस्