मन्थलीका अस्पताल र औषधि पसलको अनुगमन : साकुरा मेडिकल सहित ४ फार्मेसीलाई ठाउँको-ठाउँ हजारौँ जरिवाना, औषधि पनि जफत

| असोज ६, २०८० शनिबार

A A A
A A A

६ भदौ, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा संचालित औषधि पसल र अस्पतालहरूको अनुगमन गरिएको छ । अनुगमन गर्दा मानिसको स्वास्थ्य र जीवनसँग जोडिएको औषधि र उपचार गर्ने केन्द्रहरूले नै खेलबाड गरिएको पाइएको छ । अस्पताल तथा औषधि पसल/निजी किल्निकम/मेडिकलहरूले म्याद गुज्रिएको औषधि बेचेको, नियम अनुसारको डाक्टर नराखेको पाइएपछि ठाउँको ठाउँ जरिवाना समेत तिराइएको छ । 

 

शुक्रवार घरेलु तथा साना उद्योग कार्यालय रामेछापको  नेतृत्व र मन्थली अस्पतालको समन्वयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल रामेछाप, नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ सहितको संयुक्त टोलीले मन्थली नगरपालिका वडा नं १ मा संचालित मुख्य–मुख्य औषधि पसलहरूको स्थलगत अनुगमन गरेको हो । यसरी अनुगमन गर्दा जिल्ला सदरमुकाम मन्थली कै कूल ७ वटा औषधि पसलहरू मध्ये चार वटा पसललाई झन्डै ५० हजार जरिवाना गरिएको छ । 

 

म्याद गुज्रिएका औषधि बिक्री गरेको र (डिडिए) अनुमति पत्र वाला व्यक्ति औषधि पसलमा नराखेको भेटिएको थियो । यसरी नागरिकको स्वास्थ्यसंग जोडिएको प्रमुख अस्पतालहरूले नियमअनुसार नगरेको पाइएपछि टोलीले ठाउँको ठाउँ जरिवाना तिराएको हो । 

बजार अनुगमनको संयुक्त टोली, तस्बिर स्रोत घरेलु कार्यालय फेसबुक ।

तर, घरेलु कार्यालय रामेछापले जरिवाना तिराएका पसलहरूको नाम सार्वजनिक नगरी सामाजिक सञ्जालमा अनुगमन गरिएको विवरण सार्वजनिक गरेको थियो । जरिवाना तिराइएका ती औषधि पसल, मेडिकल र अस्पतालहरूको नाम सार्वजनिक गर्न आनाकानी गरेको घरेलुले रामेछाप टाइम्सले सूचना मागेपछि भने पहिले सार्वजनिक गरेको सूचनामा नाम सहित थप संशोधन गरेर विवरण सार्वजनिक गरेको छ । 

 

जिल्ला सदरमुकाम  मन्थलीकै चार वटा मेडिकल तथा औषधि पसलहरूले उपभोक्ता एवं मानिसको स्वास्थ्यसंग खेलबाड गर्दा अनुगमन टोलीले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६० को खण्ड (क) (ख) र (ण) बमोजिम ठाउँको ठाउँ जरिवाना तिराएको छ । 

 

जसमा जरिवाना तिर्नेमा जिल्ला समन्वय समिति अगाडि नै संचालित सकुरा मेडिकल हललाई सबै भन्दा धेरै रु २५ हजार जरिवाना तिराइएको छ । 

 

त्यस्तै सञ्जीवनी ड्रग हाउस र दिप्सन फार्मेसीलाई रु १०–१०  हजार र कोइराला औषधि पसललाई रु दुई हजार जरिवाना गरी कूल ४७ हजार जरिवाना गरिएको घरेलु कार्यालय रामेछापका सूचना अधिकारी निरोज खड्काले रामेछाप टाइम्सले सूचना मागेपछि आनाकानी गर्दै विभिन्न व्यक्तिको अनुमतिमा सूचना सार्वजनिक गरे । 

 

त्यस्तै यी औषधि पसल तथा अस्पतालहरुबाट ७ हजार ३ सय २८ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान जफत गरेर नष्ट गरेको छ । 

 

‘दुई पटक सम्म फोन गर्दा नउठाएका सूचना अधिकारी खड्काले कार्यालय प्रमुख एवं उद्योग अधिकृत सुवोध कुमार साह कर्मयोगीसँग रामेछाप टाइम्सको कुरा भएपछि भने केही समयमै प्रमुख कर्मयोगीले अब फोन उठ्छ । तपाईँले गर्नै पर्दैन भनेपछि रामेछाप टाइम्सलाई सूचना प्राप्त भयो ।’

 

नेपालीहरूको मुख्य चाड पर्व नजिकिएसँग जिल्ला भिर संचालित बजारहरूको अनुगमन अगाडि बढेको छ । अब खाद्यन्नसंग समग्र बजारको अनुगमन गर्न आदेश समेत भएको छ । अब स्थानीय तहसहित सम्बन्धित निकायले अनुगमनलाई अगाडि बढाएको छन् । 

 

७ औषधि पसल र अस्पतालहरुमा गरिएको अनुगमन गर्दा जफत गरिका सामाग्री हेर्नुहोस्