रामेछापको चुचुरेमा बोलेरो पल्टियो

| असोज १०, २०८० बुधबार

सडकमै पल्टिएको बोलेरो, तस्बिर जीवन घताने/ रामेछाप टाइम्स ।
A A A
A A A

१० असोज, रामेछाप । रामेछापको चुचुरेमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

 

 

गोकुलगंगा गाउँपालिका  वडा नं १ शिवालयबाट उमाकुण्ड गाउँपालिका १ गुम्देल स्थित लिखु नदीमा निर्माणाधीन हाइड्रोपावरको इलेकट्रोनिक्स सामान बोकेर त्यस तर्फ जाँदै गरेको बोलेरो चुचुरे स्थित साङ्मुडाँडाको सडकमै पल्टिएको रामेछाप टाइम्सकर्मी जीवन घतानेले जानकारी गराए । 

 

अनियन्त्रित भएर सडकमै पल्टिएको बोलेरो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । पछिल्लो समय शिवालय–देउराली–बाम्ती–ठाडो खोला–किञ्जा सडकमा जलविद्युत आयोजनाका गाडी दुर्घटना हुने क्रम बढ्दै गएको छ । 

 

केही दिन अगाडि पनि बाम्ति–ठाडो खोला सडकमा आयोजनाको सिमेन्ट लिएर गएको मालबहाक टिफर पल्टिएको थियो । भने, त्यसको केही दिनपछि १२ चक्के मालवाहक लोड गाडी सडकमै प्राविधिक समस्या आएर सडकमै बिग्रिएको थियो । यसले यात्रु वाहक सवारीलाई असर पर्दै आएको छ ।