भटौली स्वास्थ्य चौकीमा कार्यरत अहेब श्रेष्ठ र कार्यालय सहयोगीलाई बर्खास्त गर्ने मन्थली नगरको चेतावनी

| असोज १२, २०८० शुक्रबार

A A A
A A A

१२ असोज, रामेछाप । मन्थली नगरपालिकाले भटौली स्वास्थ्य चौकीमा कार्यरत दुई कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएको छ । उनीहरुलाई नगरले एक हप्ते अल्टिमेट समेत दिएको छ । 

 

शुक्रवार एक सूचना मार्फत नगरपालिकाको वडा ७ को स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठ र  कार्यालय सहयोगी ९० दिन भन्दा लगातार कार्यालयमा हाजिर नभएको पाइएकाले सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको हो । 

 

उनीहरू गत असार ०८ गतेबाट कार्यालयमा हाजिर नभएको पाइएको र भदौ १३ मा स्पष्टीकरण पेस गर्ने नगरले पत्र काटे पनि कुनै जवाफ प्राप्त नभएको उल्लेख गर्दै ‘बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ को दफा ११८ को (ग) बमोजिम सेवाबाट हटाउने वा बर्खास्त गर्ने सम्बन्धी कारबाही’ किन नगर्ने भन्ने विषय आकर्षित हुन भएको समेत नगरले सूचनामा उल्लेख गरेको छ । 

 

शुक्रवार सूचना प्रकाशित भएको ७ दिन भित्र सफाइ पेस भन्दै ‘अन्यथा कानुन बमोजिम सजाय हुने’ उल्लेख गरेको हो ।