नेविसंघ रामेछापले असोज २६ देखि ‘प्रथम नेविसंघ कप’ पुरुष भलिबल प्रतियोगिता गर्ने

| असोज १३, २०८० शनिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१३ असोज, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले प्रथम ‘(नेविसंघ) कप २०८०’ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।  

 

विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान सहित बागमती प्रदेशका १३ जिल्लाले भाग लिन पाउने गरी प्रतियोगिता आयोजना गरिएको नेविसंघ रामेछापले जनाएको हो । 

 

यही असोज २६ गते शुक्रवारदेखि सुरु हुने प्रतियोगिता २८ गते आइतबार सम्म चल्ने छ । खेलमा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । 

 

त्यस्तै दोस्रो हुने टोलीले नगद १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र, तेस्रो हुनेले नगद १ लाख शिल्ड, मेडल र प्रमाण पत्र जित्ने नेविसंघ रामेछापका उपाध्यक्ष युवराज सुवेदीले रामेछाप टाइम्सलाई बताए । ‘खेल आयोजना गरिएको हो । यो पहिलो पटक आयोजना गर्न लागेकाले थप कुरा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्छौँ ।’ 

 

खेल मन्थली स्थित जिल्ला समन्वय समिति पछाडिको खेल मैदानमा खेलाउने जनाइएको छ । 

 

नजिकिएको दशैलाई खेल मार्फत थप रौनकता थप्न आयोजित प्रतियोगितामा सान्त्वना हुनेले नगद ५० हजार सहित  शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त हासिल गर्ने उपाध्यक्ष सुवेदीले जानकारी गराए ।