मन्थली नगरको अन्तर मावि स्तरीय विज्ञान पर्दशनीमा सरकारी विद्यालय प्रथम भएपछि किन गरे निजी विद्यालयले विरोध, यस्तो छ कारण ?
१८ असोज, रामेछाप । विज्ञान विषय अध्ययनको लागि विद्यार्थीहरूको रुचि बढाउने उद्देश्यले गत वर्षदेखि मन्थली नगरपालिकाले सुरु गरेको ‘विज्ञान पर्दशनीमा’ यो वर्ष मन्थली मावि (सरकारी) प्रथम बनेको छ । गत वर्ष निजी क्षेत्रको विद्यालय कर्कला देवी बोर्डिङ स्कुल (केब्स) प्रथम बनेको थियो । विज्ञान दिवस १, असोजमा मनाइने भए पनि विविध कारणले सो दिन मनाउन नसकिएको कार्यक्रम बुधवार भएको हो
बुधवार नगरको आयोजनामा मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित भैरवी माविमा आयोजित विज्ञान पर्दशनीमा नगरका २१ वटा माविलाई पछि पार्दै मन्थली १ स्थित मन्थली मावि प्रथम बनेको हो । तर, निजी क्षेत्रका विद्यालय सञ्चालक एवं प्रधानाध्यापकहरुले मन्थली मावि प्रथम हुनेमा जालझेल गरिएको आरोप लगाएका छन् ।
प्रथम पुरस्कार नगद १० हजार सहित प्रथम उपाधि सरकारी विद्यालय मन्थली माविले जितेपछि निजी विद्यालय (केब्स) स्कुल प्रधानाध्यापक (प्रअ) केशव तिमल्सिनाले सामाजिक सञ्जालमा लेखेका छन् ‘बोर्डिङ स्कुलहरूलाई नियतबस कमजोर साबित गर्न खोज्नेहरूले यति चाहिँ हेक्का राख्नुस् । हीराको चमक बोराले छोपेर घट्दैन है ।’
तिमल्सिनाले फेस्बुकमा लेखेको स्टाटस र त्यसमा आएका अन्य विद्यालयका प्रअहरुको कमेन्टहरु
गत वर्षको पर्दशनीमा प्रथम बनेको स्कूलका (प्रअ) एवं (प्याब्सन) रामेछापका अध्यक्ष समेत रहेका तिमल्सिनाले यो वर्षको पर्दशनीमा नतिजा कमजोर आएपछि जर्जहरूमाथि नै खनिएका प्रअ तिमल्सिनाले ‘जर्जहरू हाम्रो विद्यार्थीसँग टियुसन पढ्न आउनुहोस्’ भनेका छन् । उनले रामेछाप टाइम्ससंग सोही विषयमा भएको कुराकानीमा केही समस्या भएको उल्लेख गर्दै दुख्दा ऐया मात्रै भनेको तर आपत्ति भने नरहेको बताए । के समस्या हो भन्ने उनले खुलाएनन् ।
त्यस्तै निजी क्षेत्रकै तामाकोशी अङ्ग्रेजी बोर्डिङ स्कूलका (प्रअ) दीपक खड्काले पनि प्रदर्शनीको नतिजा प्रति असन्तुष्टि जनाउँदै नीति र नियत कुरो आफै बुझ्नुस् ।’ भनेर तिमल्सिनाको पोस्टमा धारणा लेखेका छन् ।
त्यस्तै अर्को निजी विद्यालय लिटिल स्टार बोर्डिङका प्रअ रमेश फुयाँलले पनि तिमल्सिनाको स्टाटसमा १०० प्रतिशत सहमति भन्दै सहमति जनाएका छन् ।
यता मन्थली नगरपालिकाले भने निजी विद्यालयहरूले लगाएको यो आरोप विरोधको लागि विरोध मात्रै भएको बताएको छ । प्रदर्शनीको नजिता सर्वमान्य गर्न आफूहरूले यो पटक नगर बाहिरका विज्ञान शिक्षकहरूबाट गराएको प्रस्ट पार्दै नजिता आफ्नो पक्षमा नहुँदाको आक्रोश भएको जवाफ दिएको हो ।
नगरको महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सले प्रदर्शनीको नतिजामा जालझेल गरेको चर्चा छ । निजी विद्यालयको क्षमतालाई वायस गर्नु भएको हो र भन्ने प्रश्नमा बोल्दै भने ‘उहाँहरूले लेखेको मैले पनि देखे त्यो कदापि मान्य कुरा छैन । गत वर्षको गुनासोलाई समेत ध्यानमा राखेर हामीले यो पटक क्राइट एरिया तोकेर फिजिक्स, क्मेस्टि र बायो गुरुप सहित जर्जहरू पनि नगर बाहिरका ल्यायौ’ स्पष्ट पार्दै बुढाथोकीले भने ‘नतिजा आफ्नो पक्षमा आएन भन्दैमा लेख्नु त्यो गलत हो । जर्जले गरेको निर्णय अन्तिम हुन्छ ।’
उनले जर्जहरूले विद्यार्थीले पर्दशन गरेर सामाग्री सहित उनीहरूको सबै पक्षलाई हेरेर नम्बर दिएको बताउँदै पर्दशनीको नतिजा माथि प्रश्न गर्ने ठाउँ नरहेको जिकिर गरे ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको दोस्रो ‘अन्तर माध्यमिक स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा’ भीमेश्वर रुद्र मावि चिसापानी (सरकारी) दोस्रो, सरस्वती मावि चनखु (सरकारी) तेस्रो भए । उनीहरूले दोस्रो र तेस्रो पुरस्कार क्रमशः ७ हजार ५ सय र ५ हजार प्राप्त गरे ।
त्यस्तै नीलकन्ठेश्वर मावि कठजोर (सरकारी) र तामाकोसी अग्रेजी बोर्डिङ स्कुल (निजी) सान्त्वना हुँदै नगद २ हजार ५ सय पुरस्कार प्राप्त गरेको सूचना अधिकारी बुढाथोकीले जानकारी गराए ।
को थिए जर्जमा (निर्णयकर्ता) ?
गत वर्ष देखि विज्ञान दिवसको अवसर पारेर ‘विज्ञान पर्दशनी’ सुरु गरेको मन्थली नगरपालिकाले सुरुकै वर्षकै नतिजा सार्वजनिकमा केही त्रुटि भयो भनेर सामाजिक सञ्जालमा खैलाबैला भएपछि यो वर्ष त्यो नदोहोरियोस् भनेर यो पटक नगर बाहिरका शिक्षकहरू बाट जर्जको खडा गरेको नगरको भनाई छ ।
यो वर्ष रामेछाप नगरपालिका स्थित गौरीशङ्कर माविका विज्ञान शिक्षक निलकण्ठ पुरीको संयोजकत्वमा सिद्धेश्वर मावि उमाकुण्ड २ बाम्तिभण्डार, कुशेशर मावि बेथान रहेका थिए ।
नगर भित्रकै शिक्षकहरू जर्ज बनाउँदा गत वर्ष पनि केही गुनासो आएको थियो । त्यो नहोस् भनेर हामीले नगर बाहिरका विद्यालयका विज्ञान शिक्षकहरूबाट गर्यौँ । यसपालिको नतिजामा आरोप लाउनु पर्ने ठाउँ छैन नगरका सूचना अधिकारी हेमन्त बुढाथोकी भन्छन् ।
यस अगाडि जर्ज शब्द लेखिकोमा पाठकको सहजतालाई ध्यान दिएर निर्णयकर्ता लेखिको छः स