अर्थ मन्त्री प्रकाशरण महत असोज ३० गते रामेछापको मन्थली आउने

| असोज २०, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

२० असोज, रामेछाप । अर्थ मन्त्री प्रकाशरण महत रामेछापको सदरमुकाम मन्थली आउने भएका छन् । उनी अर्थ मन्त्रीको रूपमा कार्यभार सम्हालेपछि पहिलो पटक जिल्ला आउन लागेका हुन् ।  

 

आउँदो असोज ३० गते मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले आयोजना गरेको प्रथम नेविसंघ कप भलिबल खेल समापन कार्यक्रम समापन गर्न अर्थ मन्त्री महत जिल्ला सदरमुकाम मन्थली आउन लागेका हुन् । 

 

नेविसंघ रामेछापले असोज २८ गतेदेखि प्रथम नेविसंघ कप २०८० खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । 

 

नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले काँग्रेस नेता एवं अर्थ मन्त्री महत खेल कार्यक्रम समापनमा प्रमुख अतिथिको रूपमा आउने पुष्टि गरे । ‘अर्थ मन्त्री महत खेल समापनमा आउनु हुने समय मिलाएका हौँ । त्यसैले खेल तालिकालाई परिमार्जन गरेका छौँ ।’ 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));