उमाकुण्ड गाउँपालिकाले संचालन गरेको घुम्ती शिविरमा २११ जनाले नागरिकता पाए, ४ लाख बराबर राजश्व संकलन

| असोज २५, २०८० बिहिबार

A A A
A A A

२५ असोज, रामेछाप । उमाकुण्ड गाउँपालिकाले संचालन गरेको एक दिने घुम्ती शिविर सात वटै वडामा पुगेर सम्पन्न भएको छ । गएको १८ गते पालिकाको वडा नं ७ भूजीबाट सुरु भएको एक दिने घुम्ती शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन, व्यवसाय दर्ता, नवीकरण, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र, योजना सम्झौता र राजस्व सङ्कलन सहितको सेवा प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी गराइन् । ‘हामीले ७ वटै वडामा पुगेर १–१ दिन यी सबै सेवा वडा कार्यालयबाट सहज रूपमा प्रदान गरेका हौँ ।’ 

 

भौगोलिक रूपमा पालिकाको केन्द्र सम्म कठिन र यातायातको समेत सहज सुविधा नरहेको यो पालिकामा दिन एक दिन धाएर केन्द्र सम्म पुगेर नागरिकले सेवा लिन निकै कठिन रहेको परिस्थितिलाई ध्यानमा राख्दै उपाध्यक्षको नेतृत्वमा वडा–वडामा टोली पुगेर सेवा पाएपछि वडावासी हर्षित बनेका छन् । 

 

‘हिँड्न नसकेर भत्ता बुझ्ने कार्ड लिन सकेको थिइन्, यही वडामा त सजिलो भइहाल्यो नि । कार्ड पनि सजिलै बन्यो । अब त, भत्ता पाउने भए खुसी हुँदै वडा नं १ गुम्देलका डम्बर विकले भने ।

वडा ३ का २६ वर्षीय सिवन सुनुवार पुर्ण अपाङ्ग परिचय पत्र प्रप्ता गरी सकेको तर नेपाली नागरिकता परिचय पत्र र राष्ट्रिय  परिचय पत्र विवरण सङकलन नगरिएको हुँदा एकीकृत घुम्ति शिविरमा वितरण गर्दै उपाध्यक्ष सावित्री सुनुवार, तस्बिर उपध्यक्ष सुनुवारको फेसबुकबाट साभार ।
 

जिल्ला प्रशासनको सेवा लिन २/३ दिन मयाँमारेर जिल्ला सदरमुकाम धाउनु पर्ने र खर्च पनि समेत उस्तै हुने हुँदा धेरैले नागरिकता लगायतको सेवा बाट वञ्चित नचाहेर पनि हुनु परेको थियो । तर, वडामै घुम्ती शिविर मार्फत नागरिकता प्रदान गरिएपछि उमेर पुगेकाहरूले सजिलै नागरिकता लिएका छन् । 

 

यसरी चालु आर्थिक वर्षको सुरु भएको बेला शिविरको टोली पुगेपछि पालिकामा दर्ता भएका व्यवसायीहरूलाई झन् राहत भएको छ । नवीकरण गर्ने मिति पुगेका र गर्नै पर्ने बाध्यतामा समेत रहेका उनीहरूलाई चाड पर्वको मुखैमा हुने विभिन्न अनुगमबाट पीडा खेप्नु नपर्ने भएको छ । शिविरमा सजिलै व्यवसाय नवीकरण गरिएपछि व्यवसायीलाई थप राहत भएको हो । 

 

‘नवीकरण गर्न हजार, २ हजार लाग्छ । पालिका जाँदा ५ हजार सकिन्थ्यो वडामै यो सेवा पाउँदा धेरै सहज भयो । समयको पनि बचत । स्थानीय सरकारले यसरी नै सेवा दिँदा स्थानीय सरकार भएको महसुस हुने रहेछ, वडा नं १ गुम्देलका व्यवसायी पेम्बा शेर्पाले रामेछाप टाइम्ससंग भने । 

 

शिविरमा झण्डै चार लाख बराबर राजश्व संकलन भएको छ । सातै वडामा गरी घुम्ती शिविर मार्फत कूल ४ लाख ४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । २ सय ५१ जनाले नेपाली नागरिकता लिएका छन् । भने, ३ सय ४७ जनाले राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेका छन् । 

७ दिन सम्म भएको घुम्ती शिविरमा वडा नं १ गुम्देल देखि वडा नं ७ भुजी सम्म टोलीले प्रदान गरेका सेवाहरू निम्नअनुसार छ ।

वडा नं १ गुम्देल 

नेपाली नागरिकता प्रमाणपत्र: म.३४ पु.१४ जम्मा :४८

राष्ट्रिय परिचयपत्र विवरण सङकलन: ७९ पु.३१म.४८

ज्येष्ठ नागरिक परिचय पत्र : १३ अपाङ्ग ४(ख)(ग)१(घ)२

व्यवसाय दर्ता :४ (इजाजत) ३ (नवीकरण) २२

राजस्व सङकलन: ५४१००

योजना सम्झाैता: ७

वडा नं २ बाम्तिभण्डार 

नेपाली नागरिक प्रमाणपत्र: म. २३ पु.१८=४१

राष्ट्रिय परिचय पत्र विवरण सङकलनः म.४०पु.३४=७४

ज्येष्ठ नागरिक परिचयपत्र : ८ अपाङ्ग (क)१(ख) ७ (ग)३=११

व्यवसाय दर्ता नयाँ : १० नवीकरण १२५

राजस्व सङकलन: २३४९५०

योजना सम्झौता : ९

वडा नं ३ कुँबुँकाँस्थली 

नेपाली नागरिकता प्रमाण पत्र : म. २७ फु. १० वडा ५ फु.२ =३९

राष्ट्रिय परिचयपत्र : म.३४ फु.३१=६५

योजना सम्झौता : ६

व्यवसाय नवीकरण : ८

ज्येष्ठ नागरिक परिचयपत्र ८ अपाङ्ग (ख) २(घ) १ =११

राजस्व संकलन: १३६००

वडा नं ४ प्रिती

नेपाली नागरिकताको प्रमाणपत्र: जम्मा ४४

राष्ट्रिय परिचयपत्रको विवरण संकलनः जम्मा: ७०

अपाङ्गता परिचयपत्र:

(ख) वर्ग ५,(ग) वर्ग १,(घ) १, जम्मा: ७

ज्येष्ठ नागरिक परिचयपत्र: ८

वडा नं ५ प्रिती

नेपाली नागरिकता प्रमाण पत्र :- ४० म. २२ पु. १८

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन :-६२ म. ३२ पु. ३०

व्यवसाय दर्ता :-२ नवीकरण :-४

योजना सम्झौता:- २

राजस्व सङ्कलन:-१३८००

ज्येष्ठ नागरिक परिचयपत्र :-९ अपाङग परिचयपत्र (ख )२ (घ )१

वडा नं ६ गुप्तेश्वार 

नेपाली नागरिकताको प्रमाणपत्र: पुरुष ६, महिला ६,जम्मा: १२

राष्ट्रिय परिचयपत्रको विवरण संकलनः पुरुष २२, महिला १४, जम्मा: ३६

व्यवसाय दर्ता: ४

व्यवसाय नविकरणः ८

अपाङ्गता परिचयपत्र: (क) वर्ग १,

(ख) वर्ग ४, (घ) र्ग १, जम्मा: ६

ज्येष्ठ नागरिक परिचयपत्र: १

योजना सम्झौता: ४

राजस्व संकलनः २९१५०

वडा नं ७ भुजी

नेपाली नागरिकताको प्रमाणपत्र वितरण: पुरुष १५ र महिला १२ गरी जम्मा: २७

राष्ट्रिय परिचयपत्रको विवरण संकलनः पुरुष २८ र महिला २६ गरी जम्मा: ५४

व्यवसाय दर्ता: ३

व्यवसाय नविकरणः २५

अपाङ्गता परिचयपत्र वितरण: ख वर्ग, ८ र घ वर्ग, १ गरी जम्मा: ९

ज्येष्ठ नागरिक परिचयपत्र वितरण:१

योजना सम्झौता: ६

राजस्व संकलनः ५४८००