नेपाल खेलकुद महासंघ रामेछापले भोलिदेखि २ दिने फुटबल प्रतियोगिता गर्दै, खसी, बोको र भाले पुरस्कार

| असोज २५, २०८० बिहिबार

A A A
A A A

२५ असोज, रामेछाप । नेपाल खेलकुद महासंघ (नेकोस) जिल्ला कमिटी रामेछापले भोलि (शुक्रवारदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । त्यसको लागि सबै तयारी पूरा भएको नेकोसले जनाएको छ । 

 

बिहीबार मन्थली स्थित तीनलाल पार्कमा पत्रकार सम्मेलन गर्दै नेकोसले दुई दिने फुटबल प्रतियोगिताको गर्न लागेको जनाएको छ । मन्थली स्थित हाटेचौर खेल मैदानमा हुने सो प्रतियोगितामा हाल सम्म ९ टोलीले टिम दर्ता गरेका छन् । 

 

हाल सम्म नेपाल प्रहरी, मन्थली अस्पताल, रामेछाप–३०, सेती देवी युवा कल्व, मन्थली सांस्कृतिक युवा समाज, प्राविधिक समूह, हात्तिटार युवा कल्व, न्यु स्टार युवा कल्व र भटौली समूहले टिम दर्ता गरेको जिल्ला कमिटी सचिव मनोज माझीले जानकारी दिए । 

सहभागी हुने सबै टिमलाई प्रमाण पत्र दिने बताइएको सो प्रतियोगितामा प्रथम हुने टिमलाई भने १५ केजीको खसी पुरस्कार दिने घोषणा गरिएको छ । 

 

मन्थली नगरपालिका मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा कूल २ लाख लागत लाग्नने सचिव माझीले बताए । त्यसको लागि नगरपालिकाले ५० हजार प्रदान गर्ने छ । भने मन्थली निवासी सजन श्रेष्ठ (राजकुमार) प्रथम पुरस्कारको लागि सहयोग दिने बताएको सचिव माझीले पत्रकार सम्मेलनमा जानकारी गराए । 

 

त्यस्तै दोस्रो पुरस्कार स्वरूप बोको र तेस्रो पुरस्कार भाले, प्रमाणपत्र प्रदान गरिने सचिव माझीले जानकारी दिए । 

 

नेकोसका जिल्ला कमिटी अध्यक्ष तेज घिसिङले खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्ने र उनीहरूको क्षमतालाई प्रदर्शन गर्ने सक्ने माध्यम तय गर्न खेल आयोजना गरिएको बताए । उनले नजिकिएको दशैं तिहार लगायतका चाड पर्वको शुभकामना दिँदै चड्पर्वलाई रौनकता दिँदै खेल सम्पन्न गर्ने बताए । 

 

पत्रकार सम्मेलनमा महासंघका प्रदेश कमिटी अध्यक्ष सिताराम कार्की, नेकोस जिल्ला कमिटी संस्थापक सचिव देवेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

 

कसको प्रतिस्पर्धा को संग टाइसेट हेर्नुहोस्