प्रदेश सरकारले गर्ने काम जनताले चिन्ने र पहिचान दिने गरी गर्छौँ–मन्त्री लामा

| असोज २८, २०८० आइतबार

A A A
A A A

२८ असोज, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रदेश सरकारले गर्ने विकासलाई प्रदेश सरकारको पहिचान झल्कने खालको हुने बताएका छन् । 

 

 

प्रथम प्रदेश स्तरीय नेविसंघ कप रामेछापको मन्थलीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री लामाले प्रदेश सरकारले गर्ने कामहरू प्रदेश सरकारले गरेको हो भनेर जनताले भन्ने गरी काम गर्ने बताउँदै भने ‘प्रदेशले गर्ने काम, देखिने काम र जनताले बागमती प्रदेश सरकारले गरेको हो भनेर चिन्न सक्ने गरी आगामी बजेटमा व्यवस्थापन गर्छौँ यहाँका जनताहरू सँग प्रण गर्छु भन्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री लामाले थपे ‘शिक्षा, कृषि र खेलकुद क्षेत्रमा जनताको मागको आधारमा काम गर्छौँ ।

 

मन्त्री लामाले जिल्लाबाट प्रदेशमा माग हुने योजनाहरू बढी जसो पार्टीका नेताहरू र आफन्तलाई लक्षित गरेर आउने पारी पाटी रहेको बताउँदै आफू अर्थमन्त्री हुँदा त्यस्ता कुरालाई भन्दा पनि एउटा मुख्य योजनालाई अगाडि सारेर ल्याए त्यस्ता योजनालाई आफूले प्राथमिकतामा राखेर काम गर्ने धारणा राखे । 

 

त्यस्तै नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले प्रदेशका सबै जिल्लाबाट खेलाडी सहभागी हुने खेलले विद्यार्थीबिचको सम्बन्धलाई नजिक बनाउने र प्रदेशका सबै पहाडी जिल्लालाई जोड्ने मुख्य योजनाका साथ खेलको आयोजना गरिएको बताए । 

 

आइतबार देखि सुरु भएको ३ दिने प्रथम नेविसंघ कपमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजार नगद पुरस्कार उपलब्ध गराइने आयोजक नेविसंघले जानकारी दिएको छ ।