काँग्रेस क्षेत्रीय समिति ‘क’ को शुभकामना आदान प्रदान : प्रमुख अतिथिको आधा मिनेट सम्बोधन, अतिथिहरू ट्वाल्ल !
२९ असोज, रामेछाप । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति ‘क’ रामेछापले बडा दशैं, शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरेको छ ।
सोमबार क्षेत्रीय सभापति निरोज खड्काको अध्यक्षता र जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सदरमुकाम मन्थलीमा बडा दशैं सुरु भएको दोस्रो दिन शुभकामना आदान प्रदान र चियापान गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं सांसद (कान्छाराम) तामाङले छोटो धारणा राखेका छन् । जिल्ला पार्टी सभापति तामाङले चियापानमा उनी भन्दा पहिले बोल्दै पार्टीका अन्य नेताहरूले नेतृत्व र पार्टी सञ्चालक माथि प्रश्न उठाएपछि आधा मिनेट सम्बोधन गर्दै भने ‘रामेछापको आजको राजनीति देखेर म धेरै खुसी छु । म आज राजनीतिक विषयमा धेरै बोल्न चाहन्न म, सबै कुरा यस अगाडि जिल्ला कार्यसमिति सदस्य सुमन्त कार्की जी ले बोल्नु भयो उहाँको कुरालाई सम्मान गर्दै बिदा हुन्छु धन्यवाद ।’
सो क्रममा पार्टीका जिल्ला उपसभापति लेखबहादुर कार्की, सचिव दीपक खड्का, निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने सहितले पार्टी सञ्चालन विधि र नीति अनुसार चल्न नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका थिए ।
आफूहरूले सभापतिलाई प्रश्न र ध्यानाकर्षण गरेको दाबी सहित त्यसको जवाफ आउने आशामा बसेका अन्य नेताहरू सभापति कान्छारामको भाषणपछि भने जिल्ला परेका थिए । सो कार्यक्रममा पार्टी सभापति कान्छारामले समयको पाबन्दीलाई ध्यानमा राखेको उल्लेख गर्दै एक दुई जना नेता बाहेकको नाम नली सम्बोधन पनि छोट्याएका थिए । भने, सम्बोधन बाहेक उनले करिब आधा मिनेट मात्रै सम्बोधन गरे ।
भिडिओ हेर्नुहोस्