मन्थलीमा जारी प्रथम प्रदेश स्तरीय नेविसंघ कप भलिबलमा रामेछाप सहित ४ टिम सेमिफाइनलमा, आज फाइनल खेल

| असोज ३०, २०८० मंगलबार

A A A
A A A

३० असोज, रामेछाप । गत आइतबार देखि मन्थलीमा जारी प्रथम प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा रामेछाप सहित चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । 

 

जिल्ला समन्वय समितिको खेल मैदानमा जारी तीन दिने प्रथम नेविसंघ कपमा रामेछाप सहित ललितपुर, धादिङ र नुवाकोट सेमिफाइनल प्रवेश गरेका हुन् । मंगलबार यी टिमले फाइनल खेल्ने छन् । मंगलबार (आज) खेल सकिँदै छ । 

 

बडा दशैं, शुभ दीपावलीको अवसरमा नेविसंघ रामेछापको आयोजनामा आयोजित खुल्ला भलिबल प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उद्घाटन गरेका थिए । 

खेल उद्घाटन गर्दै प्रदेश अर्थ मन्त्री लामा, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

मंगलबार आज नेपाल सरकारका अर्थ मन्त्री डा.प्रकाशरण महत  आउने कार्यक्रम रहेको नेविसंघले जनाएको छ। अर्थ मन्त्री महतले विजेताहरूलाई पुरस्कार रकम प्रदान गरेर कार्यक्रम समापन हुने नेविसंघ रामेछापले भनेको छ।  

 

त्यस्तै मंगलबार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा पनि आउने बताइएको छ ।  खेलमा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

 

ललितपुर टिम 

टिम नुवाकोट 

सबै तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स