प्रथम नेविसंघ कपको उपाधि धादिङले जित्यो, रामेछाप दोस्रो

| असोज ३०, २०८० मंगलबार

A A A
A A A

३० असोज, रामेछाप । ‘प्रथम बागमती प्रदेश स्तरीय नेविसंघ कप’ धादिङ जिल्लाले जितेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आयोजक जिल्ला रामेछापलाई पछि पार्दै धादिङले उपाधि जितेको हो। योसँगै धादिङले प्रथम पुरस्कार नगद २ लाख सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । 

 

बडा दशैं शुभ दीपावलीको अवसरमा नेविसंघ रामेछापले  आयोजना गरेको प्रथम खुल्ला पुरुष भलिबलमा उपविजेता बन्दै रामेछापले नगद १ लाख ५० हजार पुरस्कार, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । 

त्यस्तै ललितपुरलाई हराउँदै नुवाकोट तेस्रो भएको छ । उसले नगद १ लाख सहित मेडल र प्रमाणपत्र जितेको छ । विजेताहरूलाई सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले पुरस्कार रकम सहित प्रमाणपत्र हस्तान्तरण गरे। 

सान्त्वना भएको ललितपुर जिल्लाले नगद ५० हजार रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ।  गत २८ गतेदेखि सुर भएको प्रथम नेविसंघ कपमा प्रदेशका १३ जिल्लाको सहभागिता रहेको थियो । 

 

तस्बिर अप्रिल अधिकारी ।