शिक्षा विधेयकको विरोधमा नेविसंघले तिहार लगत्तै आन्दोलनको आधिबेरी ल्याउँछ–शेर्पा (भिडिओ)

३० असोज, रामेछाप । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तिहार लगत्तै शिक्षा विधेयकको विरोधमा नेविसंघले आन्दोलन गर्ने घोषणा गरेका छन् । संसद्मा टेबल भएको शिक्षा विधेयकले गरिब विपन्न परिवार छोरा छोरीलाई निःशुल्क शिक्षाबाट वञ्चित गर्ने उनको जिकिर छ ।
मंगलबार सदरमुकाम मन्थली नेविसंघ रामेछापले आयोजना गरेको प्रथम प्रदेश स्तरीय नेविसंघ खुल्ला भलिबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् ।
उनले यो शिक्षा विधेयकले मजदुर वर्ग र मद्य मार्गीका छोराछोरीलाई शिक्षाबाट वञ्चित गर्ने खोजेको जिकिर गर्दै भने ‘हामी समाजवादी होकि हैन भनेर सोच्ने बेला आएको छ । माद्यामिक शिक्षा संविधानले निःशुल्क भनेको छ । तर, संविधानले व्यवस्था गरेको व्यवस्थालाई चुनौती दिँदै संसद्मा टेबल भएको छ ।’ सभापति शेर्पाले थपे ‘तिहार लगत्तै आन्दोलनको काठमाडौँमा आधिवेरी ल्याउँछ ।’
भिडिओ हेर्नुहोस्