मन्थली नगरपालिका-९ पुरानागाउँमा स्थानीय युवाले वडाको विरोध गर्दै सडक बन्द गरे

| कात्तिक १८, २०८० शनिबार

A A A
A A A

१८ कार्तिक,  रामेछाप । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा स्थानीयले युवाले वडा कार्यालय प्रति आक्रोश व्यक्त गर्दै सडक बन्द गरेका छन् । 

 

शनिबार वडाको खोलाटोल भन्ने स्थानका स्थानीय केही युवाहरूले सडकमा बाँस, बला र खाँबा गाडेर सडक बन्द गरेका हुन् । 

 

केही दिन अगाडि स्थानीय एक युवा आफ्नो घर जाने सडक सफा गर्नु पर्‍यो भन्दै वडामा निवेदन लिएर आएको सुनाउँदै सोही प्रकरण अन्तर्गत आज युवाहरूले सडक बन्द गरेको जानकारी पाएको वडा अध्यक्ष गोकर्ण राज आरणले रामेछाप टाइम्सलाई बताए । 

 

‘यकिन जानकारी त मलाई नि छैन । तर, भित्र बाटो सफा भएन भनेर माग गर्दै आउनु भएको थियो । त्यही विषयमा बन्द गरेको भन्ने खबर पाएको छु, बाँकी थाहा भएन अध्यक्ष आरणले रामेछाप टाइम्ससंग भने ।

 

उनले सो ठाउँमा केही समय अगाडि पनि साना-तिन यस्ता घटना भइरहने भन्दै भने ‘त्यहाँ केही तत्त्वहरूले यस्तो काम गर्दै आएका छन् ।’

 

वडा अध्यक्ष आरणले राजनीतिक प्रतिशोध साँधेर सडक बन्द गरेको आरोप लगाए । उनले आफूले सडक सफा गर्नको लागि वडामा पनि छलफल गरेको र त्यहाँबाट मात्रै सम्भव नभए नगरसंग छलफल गर्नु पर्ने बताउँदा आज बाटो बन्द गर्नु गलत भएको जिकिर गरे । 

 

युवाहरुले जारी गरेको पत्र हेर्नुहोस् ।