१६ जनाले गरे रक्तदान

| मंसिर ५, २०८० मंगलबार

A A A
A A A

०५ मंसिर, रामेछाप । रगतको खपत बढेर अभाव हुने स्थिति पुगेपछि रामेछापको मन्थलीमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा रामेछाप सहयोगी मन (रासम) ले विभिन्न व्यक्तिहरूको सहयोगमा रक्तदान गरेको हो । 

 

मंलगबार बिहान मन्थली स्थित देवकोटा चोक पिपल बोट परिसरमा उद्योगी, व्यवसायी र स्थानीयहरू १६ जनाले रक्तदान गरेको रासम सदस्य जयराम मानन्धरले रामेछाप टाइम्सलाई बताए । ‘हामीलाई रक्तदान गर्नू पर्‍यो भनेर बेलुकी रेड्क्रशको अनुरोध आयो । बिहान रक्तदान गर्दा १६ जनाले गर्नु भयो । ४–६ जनालाई स्टकमा राखेका छौँ ।’

 

केही दिन यता जिल्लामा रगतको खपत बढेको बताइएको छ । चिसोका कारण विभिन्न रोगीहरू, सुत्केरी लगायतको संख्या अस्पतालमा बढेपछि रगतको खपत बढेको अस्पतालहरूले बताएका छन् । 

 

विगतमा जिल्लामा रगत खपत न्यून हुँदा बढी भएको रगत सिन्धुली सहित धुलिखेल अस्पतालमा पटाइँदै आइएको थियो । तर, पछिल्लो केही समय यता मन्थली अस्पताल, जिल्ला अस्पताल रामेछाप, तामाकोसी अस्पताल मन्थली र रामेछाप सामुदायिक अस्पतालमा अप्रेसन, सुत्केरी उपचार गर्न थालेपछि रगतको खपत बढ्दै गएको छ ।