गोकुलगंगा गाउँपालिकाले जंगली जनवार ‘नियन्त्रण र व्यवस्थापन’ गर्न माग्यो सुझाव

| मंसिर ६, २०८० बुधबार

A A A
A A A

०६ मंसिर, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले जंगली जनवारबाट भइरहेको समस्या समाधान गर्न सुझाव मागेको छ । यो पालिकाले कृषिलाई प्राथमिकता दिएको छ । भने, कृषि उत्पादनको लागि यो पालिका उपयुक्त रहेको छ । 

 

पछिल्लो केही वर्ष यता जंगली जनावरहरूले बालीनाली खाने, बिगार्ने गरेर, घरमै गएर मान्छे कुट्ने, दुःख दिने गरेपछि देशैभरि वन्यजन्तुबाट हुने समस्या बढ्दो छ । यसै विषयमा गोकुलगंगा गाउँपालिकाले पनि जंगली जनवारहरूबाट दुःख खेप्दै आएको छ । 

 

स्थानीयहरूले लगाएको अन्नबाली, फलफूल खाने र माथिल्लो भेगमा भालु लगायत जंगली जनावरबाट मान्छेको ज्यू धनकै जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै पालिकाले वन्य जन्तु नियन्त्रण र व्यवस्थापनको लागि सुझाव मागेको हो । 

 

मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले ‘खेती किसानमा जोडिनु हुने आम नागरिकको समस्या वन्यजन्तु बाँदर । यसको व्यवस्थापन  के कसरी गर्न सकिएला उचित सल्लाह सुझावको लागि अपेक्षा राख्दछौँ’ भनेका छन् । 

 

यो समाचार तयार पर्दा सम्म पालिका अध्यक्ष खड्काले राखेको स्टाटस्मा ४१ जनाले विभिन्न धारणा लेखेका छन् ।